• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बेङ्गलोरमा अध्ययनरत चन्दनको हत्यारालाई कार्वाही गर्न माग

बेङ्गलोरमा अध्ययनरत चन्दनको हत्यारालाई कार्वाही गर्न माग
chandan
गहेन्द्र भूषण यादव (चन्दन)

राजविराज, ३० साउन । सप्तरीको फर्सैठ–४ घर भएका भारतको बेङ्गलोरमा अध्ययनरत आफ्ना छोरा गहेन्द्र भूषण यादव (चन्दन)को हत्यामा संलग्न दोषीलाई कार्वाही गर्न उनका परिवारजनले माग गरेका छन् ।
आइतवार आयोजित पत्रकार सम्मेलन मार्फत उनका परिवारजनले दोषीलाई कडा कार्वाही गर्न माग गरेका हुन् । बेङ्गलोर स्थित गौथम कलेज अफ फार्मेसीमा बी–फार्मेसीमा अध्ययनरत छोरा चन्दनको हत्यामा सप्तरीको मलेकपुर–३ घर भएका २५ वर्षिय नविन शर्माको संलग्नता रहेको भन्दै दोषीलाई कडा कार्वाही गर्न मृतकका पिता बिन्देश्वर प्रसाद यादवले सम्वन्धित पक्षसँग आग्रह गरेका छन् ।
बेङ्गलोर स्थित आचार्य कलेजमा अध्ययनरत शर्मासँगै राजविराजबाट कुनौली रोड हुँदै भारततर्फ जान लाग्दा तिलाठी गाविस अन्तर्गत कुनौली रोडमा पुग्दा शर्माकै ईशारामा नै मुख थुनेर नियन्त्रणमा लिएको मृतकका बुवा बिन्देश्वरले दावी गरे । छोरा चन्दन गएको दश बाह्र दिनपछि हाल समाचार बुझ्न मोबाइलमा फोन गर्दा सम्पर्क हुन नसकेपछि परिवारका सदस्यहरुलाई बेङ्गलोरतर्फ पठाएको बताउँदै उनले भने ‘परिवारका सदस्यले चन्दन बस्ने कोठामा नदेखेपछि क्याम्पस प्रशासनसँग छोराको बारेमा जानकारी लिँदा केही दिन अगाडि नेपालकै नविन शर्माले समान्य झगडाको निहुँमा भारतीय गुण्डाहरु लगाई भारतको बेङ्गलोरदेखि ७ सय किला मिटरको दुरीमा आन्ध्र प्रदेशको चिराला भन्ने ठाउँमा रेल–वे पटरीको पुल मुनि हत्या गरेको पाईयो ।’ उक्त घटनाको विषयमा स्थानीय प्रशासनलाई समेत जानकारी गराईसकेको भनी जानकारी दिएपछि आफ्ना परिवारका सदस्यहरुले छोराको शव भएको ठाउँमा कुहिएको अवस्थामा फेला पारी सोही स्थानमै अन्तिम संस्कार गरेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । आफ्ना छोरालाई हत्या गर्ने प्रसङ्गको मोबाइल फोन वार्तालापको अडियो सुनाउँदै मृतक चन्दनका पिता बिन्देश्वरले भने ‘शर्मालाई प्रचलित ऐन कानून बमोजिम अनुसन्धान गरी कार्वाही गर्न प्रहरी प्रशासनलगायत सम्वन्धित पक्षसँग उनले आग्रह गरेका छन् । निज शर्मासँग साउन ४ गते झगडा भएको तथा ६ गते चन्दनको हत्या भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।