• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

फोरमको प्रदेश समितिको अध्यक्षमा रेणु यादव र मुख्य सचिवमा शम्भु झा

फोरमको प्रदेश समितिको अध्यक्षमा रेणु यादव र मुख्य सचिवमा शम्भु झा

राजविराज, ३० साउन । सङ्घीय समाजवादी फोरम, नेपाल तराई–मधेस प्रदेशको अध्यक्षमा पार्टीकी उपाध्यक्ष समेत रहेकी पूर्वमन्त्री रेणुकुमारी यादवले जिम्मेवारी पाएकी छिन् ।
धनुषाको जनकपुरधाममा शनिवार सम्पन्न तराई–मधेश प्रदेश भेलाले ४१ सदस्यीय समिति गठन गरेको हो । पूर्वको झापादेखि चितवनसम्मका १२ जिल्लाको प्रतिनिधिको सहभागितामा सम्पन्न भेलाले ६ महिनाभित्र प्रदेश अधिवेशन सम्पन्न गराउने निर्णय गरेको छ । समितिको उपाध्यक्षमा सुरेश भट्टराई (मोरङ), मुख्य सचिवमा शम्भू झा (सप्तरी), सचिवमा सल्लाउदिन मोहम्मद (पर्सा)लाई चयन गरिएको पार्टीले जनाएको छ ।
प्रदेशको सदस्यहरुमा राम विलास यादव (मोरङ), रामबाबु यादव (बारा), रामकिशोर यादव (बारा), नागेन्द्र यादव (महोत्तरी), कृष्णशंकर साह (महोत्तरी), उर्मिला साह (धनुषा), अशोक यादव (सर्लाही), शेषनारायण यादव (धनुषा), अरुणसिंह मण्डल (धनुषा), भागिरथ खत्वे (सुनसरी), सविता यादव (सुनसरी), तेजनारायण चौधरी (सुनसरी) रहेकी छिन् । यसैगरी अन्य सदस्यमा राघवेन्द्र झा (रौतहट), रम्भा देवी (रौतहट), शोभादेवी साह (रौतटह), वृजकिशोर यादव (रौतहट), सदानन्द यादव (मोरङ), महराज यादव (पर्सा), मदन चौहान (पर्सा), युसुफ अली (सप्तरी), राधेश्याम पण्डित (सप्तरी), सुखराम यादव (सप्तरी)लाई चयन गरिएको छ । यस्तै प्रदेश सदस्यमा सुरेन्द्रप्रसाद यादव (सिरहा), रामचरित्र साह (सिरहा), सुनिता राम (सिरहा), दीपनारायण मण्डल (महोत्तरी), शंकरप्रसाद राजवंशी (झापा), दुर्जन राजवंशी (झापा), पवनकुमार व्याहुत (बारा), उषा यादव (बारा), धर्मेन्द्र यादव (बारा), चमेलीदेवी दास (धनुषा), राम रतन यादव (धनुषा), लालजी शरण यादव (धनुषा), अर्जुन राम (सप्तरी), गंगा लामा (सर्लाही), लक्ष्मी चौधरी (सप्तरी) र गंगाधरप्रसाद साह (रौतटह)लाई चयन गरिएको प्रदेश सचिव शम्भु झाले जानकारी दिएका छन् ।