• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

१८ बुँदे घोषणा–पत्र जारी गर्दै सप्तरी युवा सम्मेलन सम्पन्न

१८ बुँदे घोषणा–पत्र जारी गर्दै सप्तरी युवा सम्मेलन सम्पन्न

राजविराज, २९ साउन । गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्रमा जारी सप्तरी जिल्ला सम्मेलन १८ बुँदे घोषणा–पत्र जारी गर्दै शनिवार सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर जिल्लामै पहिलो पटक आयोजना गरिएको दुई सम्मेलनले युवा सम्वन्धि विषयवस्तु प्राथमिकतासाथ उठाईएको हो । युवा लक्षित बजेट विनियोजकालागि स्थानीय निकायमा दवाब श्रृजना गर्ने, वैदेशिक रोजगारीमा जाने युवा दक्ष भएर जान प्रोत्साहन गर्न र जाने क्रमलाई विस्तारै घटाउँदै लग्ने, रोजगारी प्रवद्र्धनकालागि गाउँ–गाउँमा सिपमूलक तालिम सञ्चालन गर्ने र उद्यमशिलता प्रवद्र्धन गर्ने कार्यक्रमलाई अगाडि बढाउन पहल गर्ने घोषणा–पत्रमा उल्लेख गरिएको छ ।2
युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारी तथा गैरसरकारी निकायहरुसँग उचित सहकार्य गर्न युवाले नेतृत्व लिन पहल गर्ने, जिल्ला युवा परिषद् र युवा सूचना केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक खबरदारी र सहयोग गर्न पहल गर्ने, समाजमा रहेको सबैखाले विभेद अन्त्य गर्न युवाले नेतृत्वदायी भूमिका खेल्ने सम्मेलन आयोजक समितिका संयोजक श्रवण देवले समापन समारोहमा जानकारी दिए । यसैगरी जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गराउन अझ सशक्त भूमिका निर्वाह गर्ने, जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा युवा सूचना केन्द्र स्थापना गर्ने, स्थानीय विकासमा युवाको पहुँच गराउने, तेस्रो लिङ्गी मैत्री नीति अनुशरण गर्ने, बालविवाह तथा दाइजो नियन्त्रणमा युवा अभियान सञ्चालन गर्ने, समतामूलक शिक्षामा जोड दिने, प्रत्येक गाविस, नगरपालिका तथा जिल्लामा युवा सञ्जालको विस्तार गर्ने, क्षमता अभिवृद्धी तथा सिपमूलक विकासमा जोड दिने घोषणा–पत्रमा उल्लेख छ । दुव्र्यसनमा फँसेका युवाहरुलाई स्थानीय प्रशासन, प्रहरीलगायत अन्य संघ–संस्थासँग सहकार्य गरी लागु औषध सम्वन्धि समस्यालाई न्युनिकरण गर्ने, विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पुर्याउने, युवालाई स्वस्थ राख्न र समय अनुरुपको मनोरञ्जन प्रदान गर्न सबै क्षेत्रमा खेलकुद र मनोरञ्जनका कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने र जिल्लालाई पूर्ण सरसफाई जिल्ला घोषणा गर्न युवाको नेतृत्वदायी भूमिका मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने घोषणा–पत्रमा प्रतिवद्धता गरिएको छ ।
सम्मेलन समापन समारोहमा दातृ निकाय एवम् सहयोगी संघ–संस्था तथा पत्रकारहरुलाई समेत मायाको चिनो प्रदान गरिएको छ । सम्मेलनमा जिल्लाको ९१ गाविस र चार नगरपालिकाका करिब २ सय ५० जनाको युवाहरुको सहभागिता रहेको थियो ।