जनकपुरधाम, २९ साउन । सद्भावना पार्टी निकटका पत्रकारहरुको सङ्गठन सद्भावना पत्रकार मञ्चको केन्द्रीय सह–संयोजक पदमा धनुषाका पत्रकार बिन्द किशोर साह (किशोर गुरु) मनोनित भएका छन् ।
सद्भावना पार्टीका निर्णय अनुसार पत्रकार साहलाई केन्द्रिय सहसंयोजक पदमा मनोनित गरिएको हो । पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पार्टीको विधानको धारा ३६.४ अनुसार पत्रकार साहलाई केन्द्रीय सह–संयोजक पदमा मनोनित गरिएको घोषणा गरे । हुलाकी न्यूज ग्रुपमा आवद्ध पत्रकार साह करिब पाँच वर्षदेखी पत्रकारितामा सक्रिय छन् । विभिन्न मिडिया हँुदै हाल हुलाकी न्यूजमा आवद्ध साह सँगै नेपालगञ्जका आशिष गुप्तालाई समेत सद्भावना पत्रकार मञ्चको केन्द्रिय सहसंयोजक पदमा मनोनित गरिएको पार्टीले जनाएको छ ।