• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

औद्योगिक क्षेत्रमा सप्तरी जिल्ला युवा सम्मेलन शुरु

औद्योगिक क्षेत्रमा सप्तरी जिल्ला युवा सम्मेलन शुरु

राजविराज, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सप्तरी जिल्लामै पहिलो पटक आजदेखि दुई दिने सप्तरी जिल्ला युवा सम्मेलन शुरु भएको छ ।
सम्मेलन शुभारम्भ अघि विहान सदरमुकाम राजविराजमा प्रभातफेरीको आयोजना गरिएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सञ्चालन हुन लागेको उक्त सम्मेलन अघि निकालिएको प्रभातफेरी पश्चात राजविराज स्थित गजेन्द्र चौकमा ५०१ ओटा बैलुन उडाएर शान्तिको कामना गरिएको छ ।
उक्त प्रभातफेरीमा जिल्लाको ९१ गाविसबाट दुई–दुई र चार नगरपालिकाबाट चार–चार जना युवा प्रतिनीधिसहित विभिन्न संघ संस्थाका प्रतिनीधि एवम् स्थानीय प्रशासनको सहभागिता रहेको छ । प्रत्येक गाविस र नगरपालिकाबाट सहभागी हुने युवा सहभागीले आ–आफ्नो क्षेत्रमा रहेका युवाको समस्या सम्मेलनमा राखेर समाधानका उपायबारे समेत सम्वन्धित क्षेत्रका विज्ञहरुबाट समाधान खोज्ने आयोजक समितिले जनाएको छ ।