राजविराज, २५ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सप्तरीका अध्यक्ष स्व. रामेश्वर प्रसाद सिंहको सम्झनामा मङ्गलवार राजविराजमा स्मृति दिवस मनाईएको छ ।
कार्यक्रममा सेक्रेट्री कृषणनले नेपालमा भारतीय स्वतन्त्रता संग्रामका नेताहरुको चर्चा हुनु र भारतमा भारतीय स्वतन्त्रतामा योगदान गर्ने नेपालीहरुलाई स्मरण गर्नु नै नेपाल–भारतको सम्वन्धलाई प्रगाढ बनाउने बताए । जयप्रकास नारायण, राममनोहर लोहिया, जस्ता नेतालाई हनुमाननगर जेलबाट छुटाउन नेपालीहरुले गरेको योगदानलाई भारतीय इतिहासमा अमर रहने उनले चर्चा गरे ।
कार्यक्रमका प्रमुख अतिथी वुद्धिजीवी आनन्द आदित्यले नेपाल भारतको सम्वन्धलाई अझ् सुमधुर बनाउन भारतीय स्वतन्त्रता तथा नेपालको लोकतन्त्र स्थापनामा योगदान पु¥याउने व्यक्तित्वहरुको विषयमा अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जे.पी लोहिया रामेश्वर मेमोरियल ट्रष्ट सप्तरीका संयोजक वरिष्ठ अधिवक्ता हिम्मत सिंहले भारतको हजारी वाग जेलबाट जयप्रकास नारायणसँगै निस्केको तथा हनुमाननगर जेल तोडेर उनीहरुलाई निकालेको रोमाञ्चकारी घटनाका साथै सोनवर्षा थानामा आक्रमण गर्दा सहिद भएकाहरुको कहानीको संकलन ‘काँटो की राह मे’ भन्ने पुस्तकमा चर्चा गरिएको बताए ।
वरिष्ठ अधिवक्ता सिंहले विन्ध्याचल प्रसाद गुप्ताद्वारा लिखित पुस्तकलाई संसोधित र पुर्नमुद्रित पुस्तक भएको बताइएको छ । स्मृतिसभामा तत्कालीन राजनीतिज्ञ हरिप्रसाद राय, विरवल विराजी, जसकरण शारदा, ललन प्रताप सिंह लगायतका वक्ताले स्व. रामेश्वर प्रसाद सिंहको स्मरण गरे ।