• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

माहेश्वरी महिला मञ्चद्वारा राखी मेला आयोजना

माहेश्वरी महिला मञ्चद्वारा राखी मेला आयोजना

राजविराज, २४ साउन । मारवाडी समुदायका महिलाहरुले सप्तरी सदरमुकाम राजविराजमा सगरमाथा अञ्चलमै पहिलो पटक राखी मेलाको आयोजना गरेका छन् ।
माहेश्वरी महिला मञ्चद्वारा सोमवारदेखि आइ गार्डेन होटेलमा आयोजना गरिएको मेलामा साडी, कुर्ता–सुरुवाल, फैन्सी, बेकरीसहित विभिन्न आभुषणका स्टलहरु राखिएको छ । घरमै गुम्सिएर बस्दैआएकी महिलाहरुको प्रतिभालाई उजागर गर्न तथा एक आपसमा सद्भाव अभिबृद्धिकालागि दुई दिने राखी मेलाको आयोजना गरिएको माहेश्वरी महिला मञ्च सप्तरीकी अध्यक्ष रत्ना कावराले बताए ।
मारवाडी महिलाले पनि केही गर्न सक्छिन् भन्ने देखाउनकालागि पनि सानो प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उनले भनिन् ‘हामीहरुको यस्तो कार्यक्रम पहिलो हो, मेलामा आएर हामीहरुको हौसलालाई बढाईदिन सबैमा आग्रह छ । पहिलो दिनमै मेलामा महिलाहरुको उल्लेख्य सहभागिताले गर्दा आफूहरु उत्साहित भएको उनले प्रतिक्रिया दिईन् ।
मारवाडी महिलाहरुले आयोजना गरेको यो नारी सशक्तिकरणको खुड्किलो भएको होटेलका सञ्चालक राधेश्याम रमणले बताए । घरबाट बाहिर ननिस्किने महिलाहरुले आफ्नै पहलमा राखी मेला आयोजना गरेर उदाहरणीय काम गरेको बताउँदै उनले भने ‘मारवाडी महिलाले गरेको यस्ता कार्यक्रम अन्य समुदायका महिलाहरुले समेत आयोजना गरेर प्रतिभा प्रष्फुटन गर्न पाउनुपर्छ ।’