राजविराज, २४ साउन । बाढी पीडितलाई सहयोग गर्न गठित स्वतन्त्र युवाहरुद्वारा थालनी गरिएको अभियान अन्तर्गत सप्तरीको विभिन्न ठाउँमा राहत वितरण गरिएको छ ।
विभिन्न संघ–संस्थासँग सहकार्य गरि संकलन गरिएको राहत सामग्री अभियानका संयोजक सरोज कुमार रायको २२ गते काठमाडौंबाट आएको टोलीले स्थलगत निरीक्षण गरि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सहकार्य गरि अति विपन्न वर्गका नाममा रकम संकलन गरिएको थियो ।
आइतवार र सोमवार को.बर्साइनको शसस्त्र क्याम्पबाट करिव २७८ परिवारलाई चामल १० केजी, दाल १–५ केजी, खाने तेल १ लिटर, बेसार, खुर्सानी, धनिया, नुन, विस्कुट, नुड़ल, भुजा, मैट्रेससहितका सामान वितरण गरिएको छ । यसैगरी केहि परिवारलाई झुल, कपडा र टेन्ट पनि वितरण गरिएको छ ।
उक्त अभियानमा हेल्प मधेशी, एन्टा युएसए, शेर्पा एडभेन्चर गियर, रोटरी क्लव दरबारमार्ग, रोट्रयाक्ट डिस्ट्रिक्ट्स अफ नेओल, कोशीस, नेपाल भोलेन्टियर्स टिम, सानो पाइला, सफा चौरासी व्यञ्जन काठमाण्डौले सहयोग गरेको अभियानका संयोजक सरोज कुमार रायले जानकारी दिएका छन् ।
राहत वितरण कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बेस क्याम्प, स्थानीय युवा र सांसद मिथिला चौधरीबाट सरहानिय सहयोग भएको जनाईएको छ । सांसद चौधरीका छोरा अभिनव चौधरी र उनका साथीहरुले विशेष सहयोग गरेका थिए । शनिवारदेखि स्वास्थ परीक्षण शिविर समेत कोशिश टिमको संयोजनमा सञ्चालन हुने उनले जानकारी दिए ।