• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सहिद घोषणा र आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता गर्न माग

सहिद घोषणा र आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता गर्न माग

वीरगन्ज,२४ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले जिल्ला प्रशासन कार्यालयको माध्यमबाट गृहमन्त्रीलाइ ज्ञापन पत्रबुझाएको छ ।
संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय पर्सामा गएका मोर्चाका नेता तथा कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी केशराज घिमिरे मार्फत गृह मन्त्रालयमा सुची बुझाएका हुन । ज्ञापनपत्रमा मधेस आन्दोलनको क्रम्मा घाइते भएका एक सय ८३ जना घाइतेको उपचार तथा भारतीय नगरिक सहित बीरगन्जमा मृत भएका ७ जनालाइ सहिद घोषणा गर्न पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारसगं मागं गरिएको छ ।
मधेस आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका सात जनाको नामावलीसंगै आन्दोलनको क्रममा घाइते भएका एक सय ८३ जना घाइतेहरुको उपचार खर्च उपलब्ध गराउन सरकारसगं मागं गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो। उहाले मधेसी मोर्चा र सरकार बीचभएको तीन बुन्दे सहमती अनुसार आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च र मृतकलाई दशलाख रुपैया क्षतीपूर्ती दिने सहमती अनुसार गृह मन्त्रालयलाई पर्सा जिल्लामा भएको घाइते तथा मृतकहरुको सुची पठाइएको बताए ।
आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्द फिर्ता लिने भएको सहमती अनुसार पर्सा जिल्लामा दर्ता रहेका विभिन्न मुद्दाहरुको विवरण समेत ज्ञापन पत्रसहित गृहमन्त्रालयमा पठाइएको अध्यक्ष यादवले जानकारी दिए । आन्दोलनका क्रममा पर्सा जिल्लाबाट ७ जनाले ज्यान गुमाए पनि ४ जनालाई मात्र दश लाख क्षेती पुर्ती दिइए पनि बिगतको सरकारले सबैलाइ क्षतिपुर्ती दिइएको हल्ला मात्र फिज्जाइएको बताउदै मधेस आन्दोलनमा पर्सा जिल्लामा मात्र एकसय ८३ जना घाइते मध्ये हालसम्म ६ जनालाई मात्र उपचार खर्चमात्र उपलब्ध गराएको दावी गरे ।
मोर्चाले बुझाएको सुची लिदै पर्साका प्रमुख जिलला अधिकारी घिमिरेले सबै सुचीहरुलाई तत्काल गृह मन्त्रालयमा पठाउनुको साथै आन्दोलनका क्रममा कर्तब्यज्यान देखी सार्वजनिक अपरारधका ४२ वटामुद्दाको सुची पहिले नै गृहमा पठाइ सकिएको बताए । त्यसै आन्दोलनको क्रम्मा वीरगन्जको इनर्वामा स्थित शंकराचार्य गेट अगाडि प्रहरीको गोलीलागि मृत भएका भारतीय नागरिक आशिस रामलाई शहिद घोषणा गर्दै मृतकका परिवारलाई तोकिएको क्षतीपूर्ती दिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरिएकोप्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । जिल्ला सुरक्षा समितिको बैठकबाट भारतीय नागरिकलाई शहिद घोषणा गर्न सिफारिस गरिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीलाई सुचिबुझाउने क्रममा मोर्चामा आवद्ध दल तमलोपाका जिल्ला अध्यक्ष पुरुसोत्तमलाल झा, सद्भावना पार्टी पर्साका अध्यक्ष इमदाद गद्दी, रामसपा पर्साका अध्यक्ष प्रेमबाबु पटेल, तमसपा पर्साका अध्यक्ष प्रेमचन्द्र कुशवाहा, मजफो गणतान्त्रिकका जिल्ला अध्यक्ष मुस्तकिम अन्सारी, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष मनोज कर्ण लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।