वीरगञ्ज २२ साउन । हिन्दु, मुस्लिम, बौद्ध, क्रिश्चियन जे धर्म माने पनि ईश्वर सबैका एउटै हुन् भन्ने सन्देश दिन मुस्लिम धर्मालम्वीले वीरगञ्जमा रामेश्वर महादेवको मन्दिर निर्माण गरेर उदाहरणीय काम गरेका छन् ।
वीरगंज उपमहागनरपालिका वडा नम्बर २६ प्रसौनि विर्तामा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले ४८ लाखको लागतमा रामेश्वर महादेवको भव्य मन्दिर निर्माण सम्पन्न गरी सङ्गमर्मरको मुर्ति समेत जडान गरी त्यसको पुजापाठ, जलयात्रा र प्राण प्रतिष्ठाको भव्य तयारी गरेका छन् । महादेव मन्दिरको पुजा आराधनाका लागि श्रावण २३ गते आईतवार भव्य जलयात्रा, २४ गते सोमबार प्राण प्रतिष्ठा र २५ गते मंगलबार ८ हजार भन्दा बढी विभिन्न धर्मालम्वीहरुलाई प्रसाद ग्रहण गराईने कार्यक्रम रहेको अन्सारीले बताए ।
मन्दिर निर्माणमा प्रसौनि विर्ताका स्थानिय समुदायहरुको समेत उल्लेख्य योगदान रहेको छ । सम्भवतः मुस्लिम धर्मालम्बिहरुले हिन्द ुधर्मावलम्बिको मन्दीर बनाएर पुजा आराधना प्रारम्भ गरेको नेपालमै पहिलो भएको अन्सारीको दावी छ । धार्मिक सहिष्णुता र सद्भाव कायम राख्न आफुले मन्दिर बनाउने कार्य सम्पन्न गरेको बताए । मुस्लिम धर्मावलम्बीले हिन्दुको मन्दिर निर्माण गरी धार्मिक सद्भाव कायम गरेकोमा वीरगञ्जका हिन्दु धर्मावलम्बीहरुले खुशी व्यक्त गरेका छन् क।