वीरगञ्ज २२ साउन । नेपाल प्रेस युनियन पर्सा शाखाले शनिवार राष्ट्रिय समाचार समिति नारायणी अञ्चल प्रमुख शीतल महतोलाई विदाई तथा सम्मान गरेको छ ।
राष्ट्रिय समाचार समितिको कार्यकारी सम्पादकमा पदोन्नती भई काठमाण्डौ सरुवा भएका महतोलाई शनिवार वीरगञ्जमा एक कार्यक्रमको अयोजना गरि सम्मान तथा विदाई गरिएको हो । प्रेस युनियनका संस्थापक सदस्य कन्हैयालाल केशरी, प्रेस युनियनका केन्द्रीय सदस्य एवम् मधेस विभाग प्रमुख विजय कुशवाहा र जिल्ला अध्यक्ष रामनारायण कुर्मीले संयुक्त रुपमा दोसल्ला ओढाएर कदर पत्र सहित सम्मान गरेका छन् ।
नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक समेत रहेका महतोले आफुले पर्सेली पत्रकारीताको विकासको निम्ति सधैं लागिरहने प्रतिबद्धता व्यक्त गरे । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा युनियनका केन्द्रीय सदस्य विजय कुशवाहा, पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष शेखर छतकुल्ली, केन्द्रीय पार्षद डा. विश्वम्भर शर्मा, रितेश त्रिपाठी, युनियन पर्साका पुर्व अध्यक्ष रामराज्य यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा नेपाल आम सञ्चार मञ्च (फोमन) पर्साका अध्यक्ष महेशचन्द्र गौतम, रिपोटर्स क्लब नेपालका क्षेत्रिय अध्यक्ष कन्हैया गुप्ता, मधेशी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण कुमार साह, नेपाल प्रेस युनियन पर्साकी सहसचिव निलिमा पौडेल, कोषाध्यक्ष राम कुशवाहा, कार्यसमिति सदस्यहरु मनिषा श्रेष्ठ, दिपक ठाकुर, श्याम कुशवाहा, प्रियंका गुप्ता लगायत पर्सेली संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।