• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी जिल्ला बारको अध्यक्षमा चौधरी निर्वाचित

सप्तरी जिल्ला बारको अध्यक्षमा चौधरी निर्वाचित

राजविराज, २१ साउन । सप्तरी जिल्ला बार एसोसिएसन सप्तरीको अध्यक्षमा रामप्रसाद चौधरी निर्वाचित भएका छन् ।
उनले ५२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी महेश्वर साहले २५ मत प्राप्त गरेका छन् । समितिको उपाध्यक्षमा कामेश्वर यादवले ४० मत, सचिवमा उदितनारायण यादवले ४५ मत र कोषाध्यक्षमा दिगम्वर यादवले ४२ मत प्राप्त गरी विजयी भएका छन् ।
समितिको सदस्यमा सुमन मिश्रा, कमलकुमार यादव, विरबहादुर कडारी र महेन्द्र यादव विजयी भएको निर्वाचन समितिले जनाएको छ । महिला सदस्य तथा ४ जना केन्द्रिय पार्षदमा यस अघि नै निर्विरोध निर्वाचित भईसकेका छन् ।
निर्वाचन समितिका अनुसार महिला सदस्यमा रञ्जिता रिजाल तथा केन्द्रिय पार्षदहरुमा कृपानारायण यादव, सुरेन्द्रप्रसाद यादव, भोजराज शर्मा र केशवप्रसाद दास निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष सहित ४ जना पदाधिकारी र ४ जना सदस्यकालागि भएको निर्वाचनमा कुल ८१ जना मतदातामध्ये ७९ जनाले मतदान गरेको जनाईएको छ ।