• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रधानमन्त्री प्रचण्डसहित पाँच मन्त्रीको सपथ ग्रहण

प्रधानमन्त्री प्रचण्डसहित पाँच मन्त्रीको सपथ ग्रहण

राजविराज, २० साउन । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताका नाममा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण गराउने क्रममा राष्ट्रपतिले इश्वर, देश र जनताका नाममा भनेपछि प्रचण्डले देश र जनताका नाममा मात्र उच्चारण गरेका थिए ।
राष्ट्रपति भण्डारीले उप–प्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा र बिमलेन्द्र निधी, मन्त्रीहरू रमेश लेखक, गौरीशंकर चौधरी र दलजीत श्रीपालीलाई निधीलाई समेत सपथ ग्रहण गराएका छन् ।