विराटनगर, १२ साउन । झापा, सुनसरी र सिरहामा बुधवार पानीमा डुबेर एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।
झापाको राजगढ–४ खाडी गाउँमा पानी जमेको खाल्डोमा डुबेर विहान ११ बर्षिय मिलन लिम्बुको मृत्यु भएको छ । मङ्गलबार बिहान हजुरबुवासँग खेत जान भनेर निस्केका लिम्बुको शव बिहान ७ बजे छिमेकीले घर नजिकै पानी जमेको खाल्डोमा छिमेकीले फेला पारेका थिए । ईलाका प्रहरी कार्यालय राजगढ र जिल्ला प्रहरी कार्याललय झापाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमकालागि अस्पताल पठाएको छ ।
यसैगरी सुनसरीको इटहरी–२ का ४० वर्षिय अनिल धामी स्थानीय बौका खोला मुनि मृत फेला परेका छन् । धामीको शव पुलमुनि डुबेको अवस्थामा भेटिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले शव पोष्टमार्टमकालागि धरान घोपा पठाएको छ ।