• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मतदाता अधिकार मञ्चको अध्यक्षमा पार्थो

राजविराज, ७ साउन । सप्तरीको राजविराजमा शुक्रवार सम्पन्न विभिन्न संघ–संस्था, पत्रकार, बुद्धिजिविलगायत सरोकारबालाहरुको एक भेलाले जिल्ला मतदाता अधिकार मञ्च नेपाल गठन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोईरालाको प्रमुख आतिथ्य तथा मञ्चकी राष्ट्रीय कोषाध्यक्ष सरिता बर्तौलाको बिशेष उपस्थितिमा जिल्ला कार्य समिति गठन गरिएको हो । पार्थो सरकारको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा रमेश प्रसाद साह, सचिवमा सिता प्रसाद यादव र कोषाध्यक्ष निलम कर्ण रहेका छन् ।
सदस्यहरुमा रामप्रसाद चौधरी, मोहन यादव, नन्दकिशोर गुप्ता, अनबर अली, मनोज यादव, शुभनारायण यादव, सन्तोष मुखिया, प्रमेश्वर यादव, चन्दना विश्वास, महेश यादव, श्रवण खङ्ग, राकेश ठाकुर, ईन्दु गिरी, ओमप्रकाश यादव, सुभाषचन्द्र सिंह र मो.साबिर मन्सुरी रहेका छन् । राजविराज नगरपालिका कार्यालयका प्रशासन अधिकृत प्रफुल्ल श्रेष्ठको सर्वसम्मति प्रक्रियाबाट समिति गठन गरिएको नव गठित समितिका अध्यक्ष सरकारले जानकारी दिए ।