• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अनिश्चितकालिन रिले अनसनको आठौं दिनमा महिला सहभागिता

अनिश्चितकालिन रिले अनसनको आठौं दिनमा महिला सहभागिता

राजविराज, २५ असार । आन्दोलनरत पक्षको मागलाई राज्यले बेवास्ता गरेको भन्दै सप्तरी जिल्लामा जारी अनिश्चितकालिन रिले अनसन अनसनको आठौं दिन शनिवार स्थानीय महिला नेतृहरु सहभागी भएका छन् ।
सङ्घीय गठबन्धनको आह्वानमा जिल्ला स्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा रिले अनसनलाई निरन्तरता दिएका हुन् । रिले अनसनमा सदभावना पार्टीकी केन्द्रीय सदस्य पुनम यादव, जिल्ला सदस्य अनारदेवी राम, संघिय समाजवादी महिला फोरम नेपालकी जिल्ला अध्यक्ष गीता यादव, सचिव सुचिता यादव, सदस्य सुनिता साह सहभागी भएका छन् । यसैगरी रिले अनसनमा तराई मधेश लोकतान्त्रिक पार्टीकी जिल्ला सदस्य गीतादेवी मण्डल (खङ्ग), तराई मधेश सदभावना पार्टीकी नेतृ निर्मलादेवी सदा र राष्ट्रिय मधेश समाजवादी पार्टीकी जिल्ला सदस्य मीनादेवी सदा समेत रिले अनसनमा सहभागी भएका छन् । शनिवारको रिले अनसनमा बालक कृषव प्रताप समेत सहभागी भएको मोर्चाले जनाएको छ ।13645075_1012265808888865_1198598402807252129_n
शुक्रवारको रिले अनसनमा संघीय समाजवादी फोरमका जिल्ला सह–सचिव उपेन्द्र प्रसाद साह, सद्भावना पार्टीका जिल्ला सदस्य राजेन्द्र प्रसाद दास, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका जिल्ला सदस्य हरेराम मण्डल, राष्ट्रिय मधेश समाजवादी पार्टीका रामनरेश दास, तराई मधेश लोकतान्त्रिक पार्टीका क्षेत्रीय अध्यक्ष महेन्द्र खङ्ग, तराई मधेश सद्भावना पार्टीका स्थानीय नेता मो. सैनी र नेपाल सद्भावना पार्टीका तुफान सहभागी भएका थिए ।