• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजमा अनिश्चितकालिन रिले अनसनको निरन्तरता

राजविराजमा अनिश्चितकालिन रिले अनसनको निरन्तरता

राजविराज, २३ असार । सरकारले आन्दोलनरत पक्षको मागलाई राज्यले बेवास्ता गरेपछि सप्तरी जिल्लामा जारी अनिश्चितकालिन रिले अनसन विहीबार छैठों दिनमा प्रवेश गरेको छ ।
सङ्घीय गठबन्धनको आह्वानमा जिल्ला स्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा रिले अनसनलाई निरन्तरता दिएका हुन् । रिले अनसनमा मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य नेत्रबिक्रम साह, तराई मधेश लोकतान्त्रिक पार्टीका सह–सचिव रामानन्द ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका कोषाध्यक्ष मनोज मेहता, संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष नवनित झा, सद्भावना पार्टीका पञ्चदेव यादव, तराई मधेश सद्भावना पार्टीका चन्देश्वर यादव, र नेपाल सद्भावना पार्टीका कुञ्जीलाल मण्डल सहभागी भएका छन् ।
यस अघि बुधवारको रिले अनसनमा तराई मधेश लोकतान्त्रिक पार्टीका नेता विजयकुमार यादव, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य विशेश्वर प्रसाद यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्याक्ष भगिरथ साह, सदभावना पार्टीका जिल्ला सदस्य ललन मिश्रा, नेपाल सदभावना पार्टीका जिल्ला सदस्य कमेली सदा, संघीय समाजवादी फोरमका नगर सचिव खेलानन्द यादव र तराई मधेश सदभावना पार्टीका जिल्ला सल्लाहकार पंडित कपिलदेव यादव सहभागी भएका थिए ।