• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपाल सद्भावना पार्टीको विस्तारित बैठक सम्पन्न, सङ्ठन विस्तारमा जोड

नेपाल सद्भावना पार्टीको विस्तारित बैठक सम्पन्न, सङ्ठन विस्तारमा जोड

वीरगञ्ज, ९ असार । नेपाल सद्भावना पार्टी पर्सा क्षेत्र नम्वर–३ का क्षेत्रिय कार्य समितिको बिस्तारित वैठक विहीवार पोखरीया नगरपालिकाको वडा नम्वर १३ रानीगञ्ज रहरियामा सम्पन्न भएको छ ।

क्षेत्रिय अध्यक्ष राजनारायण प्रसाद कुर्मीको अध्यक्षतामा आयोजित बैठकलाई सम्बोधन गर्दै नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले जारी मधेस आन्दोलनको सम्बोधन लगतै देशमा चुनाव हुने सम्भावना भएकोले पार्टीका नेता एवं कार्यकर्ताहरुलाई संगठन बिस्तारमा अग्रसर हुन आग्रह गरे । बैठकमा सहभागी पार्टीका बिभिन्न तहका नेता एवं क्षेत्रका सम्पुर्ण गाबिस एवं वडा समितीका अगुवाहरुले पार्टीको संगठन बिस्तार एवं जारी आन्दोलनको सफलतामा नै मधेस र मधेसीको भबिष्य रहेकोले यस कार्यमा जुट्न आग्रह गरे ।
बैठकमा नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध सिंह, केन्द्रीय अनुशासन समितिका सदस्य पप्पु पटेल, पर्सा जिल्ला कार्य समितिका उपाध्यक्ष भागीरथ मुखिया बिन, सचिवद्वय सुजित त्रिपाठी ,कृष्णा पटेल, जिल्ला सदस्य योगीप्रसाद कुर्मी, रामआज्ञा मण्डल, वीरगञ्जका नगर संयोजक भरत सर्राफ, महिला मञ्चका केन्द्रिय उपाध्यक्ष मुन्नी श्रीवास्तवलगायतका नेताहरुले आ–आफनो धारणा राखे । बैठकले दुई महिनाभित्र क्षेत्रभरिका गाविसहरुको ईकाई कार्य समिति पुनःगठन एवं समिती नभएको गाँउमा समिती गठन गर्ने निर्णय भएको क्षेत्रिय सचिव हरेन्द्र सहनीले बताए ।
यसैगरी विहीबारै बिहान पर्सा क्षेत्र नं. ३ को बहुअर्वाभाठा गाविसमा नेपाल सदभावना पार्टीको गाँउ ईकाई समिती गठन भएको छ । रामकुमार प्रसाद कुर्मीको अध्यक्षतामा गठित २१ सदसीय कार्य समितिको उपाध्यक्षमा पुनीलाल पटेल, सचिवमा प्रवेज आलम, सहसचिवमा बिशाल पटेल र कोषाध्यक्षमा राजु पटेल रहेका छन् भने सदस्यहरुमा केश्वर राउत कुर्मी, धुरुपा राउत कुर्मी, अब्दुल मियाँ धोवी, मनिफ मियाँ मन्सुरी, नासिम मियाँ, बैद्यनाथ कुशवाहा, अमिका पासवान लगायत रहेका छन् ।