• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वीरगञ्जका सरकारी तथा निजी अस्पतालको सेवा ठप्प

वीरगञ्जका सरकारी तथा निजी अस्पतालको सेवा ठप्प

राम कुशवाहा
वीरगंज ६ असार । नेपाल चिकित्सक संघ बीरगञ्जको आह्वानमा वीरगञ्जका सरकारी तथा निजी अस्पतालको सेवा ठप्प भएको छ ।
गत शुक्रवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा वीरगञ्जका ९ जना डाक्टर पक्राउ गरेको थियो । त्यसको विरोधमा आइतवार वीरगञ्जका डाक्टरहरुले निजी तथा सरकारी अस्पतालहरुको सेवा ठप्प पारेका हुन् ।
संघको आयोजनामा चिकित्सकहरुले वीरगंजमा जुलुससमेत प्रदर्शन गरेका छन । उनीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै फक्राउ गरिएका चिकित्सकहरुलाई २४ घण्टाभित्र रिहा नगरे वीरगञ्जका सरकारी तथा निजी अस्पतालको आकस्मिक सेवा समेत बन्द गर्ने चेतावनी दिएका छन ।
वीरगञ्जको सरकारी नारायणी उपक्षेत्रीय अस्पतालसहित एक दर्जन निजी अस्पतालको सेवा ठप्प भएको छ । अस्पतालको सेवा बन्द भएपछि उपचारका लागि आउने बिरामीलाई समस्या भएको छ । डाक्टरहरुले निजी क्लिनिक समेत बन्द गराएका छन् ।
सिआइबीले शुक्रबार वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा अर्थोपेडिक्सका रुपमा कार्यरत डा.सरोज सिंह, बालरोग बिशेषज्ञ डा.कुशराज गिरी, डा.पनालाल पटेल, निजी क्लिकिमा कार्यरत नाक कान घाँटी रोग बिशेषज्ञ डा. दिनेश साह र अरुण गुप्तालाई कार्यस्थलबाटै पक्रेको थियो । नेशनल मेडिकल कलेजबाट डा. निमेश रमन पल, डा. इशाद उलहक, डा.रामकुमार प्रधान र डा.महम्मद राहुल्लालाई पनि पक्रेर काठमाडौं लगेको छ ।