• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दोषीलाई कार्वाही गर्न पत्रकार महासंघको माग

दोषीलाई कार्वाही गर्न पत्रकार महासंघको माग

राजविराज, ६ असार । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य निरज मण्डल भौतिक आक्रमणको शिकार भएको भन्दै महासंघले दोषीमाथि कडा कार्वाहीको माग गरेको छ ।
शनिवार समाचार संकलन गर्न जिल्लाको लालापट्टी गाविस वडा नम्बर–६ स्थित कूलो निर्माण गर्नकालागि गठन गरिएको उपभोक्ता समिति र सोसँग सम्बन्धित अन्य जानकारी लिन जाँदा सोही गाविस वडा नम्बर–२ का ३५ वर्षीय धीरेन्द्र यादव, नवल यादव, भुपेन्द्र यादव, वडा नम्बर १ का परमानन्द यादव र वडा नम्बर ४ का छेदी रामले कुटपिट गरेको महासंघका सचिव ओमप्रकाश साहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । मण्डललाई ज्यान मार्ने सम्मको धम्की दिदै उनीहरुले कुनै प्रहरी प्रशासनले बचाउन नसक्ने भन्दै शरीरको विभिन्न भागमा चोट पु¥याएको विज्ञप्तिमा उल्लेख छ ।
‘स्वतन्त्र र निर्विवाद रुपले पत्रकारले समाचार संकलन गर्न पाउनुपर्नेमा यसरी भौतिक आक्रमण गरि प्रेस स्वतन्त्रता माथि कुठाराघात पुरयाउने कामको नेपाल पत्रकार महासंघ घोर भत्र्सना गर्दछ’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘ती व्यक्तिहरुलाई कानुन वमोजिम कारवाही गर्न समेत माग गर्दछौं, दोपी उपर कारबाही नगरिए महासंघ आन्दोलनमा उत्रने यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।’