राजविराज, ५ असार । जग्गा सम्वन्धि विवादमा कुटपीट हुँदा सप्तरीको लालापट्टि–७ मा आइतवार विहान एक महिलाको मृत्यू भएको छ ।
कुटपीटबाट ७० वर्षिया साबित्री देबी खङ्गको मृत्यू भएको हो । उनको बुहारी सञ्जु खङ्ग र सोही ठाउँका ५० वर्षिय धनिक लाल खङ्ग, निजका ३५ वर्षिया पत्नी कमली देबी खङ्ग र निजकै ३० वर्षिय छोरा पञ्चदेब खङ्ग बीच जग्गाको बिषयलाई लिएर कुटपीट भएको थियो ।
कुटपिटबाट साबित्री र निजको बुहारी सञ्जु खङ्ग घाइते भई उपचारको लागि सगरमाथा अस्पताल ल्याउँदै गर्दा साबित्रीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतक महिलाको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ । बुहारी सञ्जुको अस्पतालमै उपचार भईरहेको छ भने कुटपिट गर्ने व्यक्तिहरु फरार रहेकोले खोजतलास तीब्र पारिएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जाकारी दिए ।