• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महासंघद्वारा नेहा अफसेट प्रेसलाई दश हजारको चेक

महासंघद्वारा नेहा अफसेट प्रेसलाई दश हजारको चेक

राजविराज, ५ असार । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले आइतवार नेहा अफसेट प्रेसलाई राहत स्वरुप रु १० हजार उपलब्ध गराएका छन् ।
मधेश आन्दोलनका क्रममा गत पुस ७ गते प्रेसमा प्रहरीले तोडफोड गरि क्षति पुरयाएको थियो । महासंघको केन्द्रीय कार्यालयको तर्फबाट नेहा अफसेट प्रेसका प्रोपराइटर ओमप्रकाश साहलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराइएको जनाईएको छ । सप्तरीको रुपनीमा अध्यक्ष विष्टले प्रेसका प्रोपराइटर साहलाई रु १० हजारको चेक हस्तान्तरण गरेका छन् । साहका अनुसार प्रेसमा जवरजस्ती प्रवेश गरि प्रहरीले गरेको तोडफोडबाट एक लाख भन्दा बढीको क्षति भएको छ