• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कञ्चनरुप नपा क्षेत्रमा जङ्गली हात्ती आतङ्क

कञ्चनरुप नपा क्षेत्रमा जङ्गली हात्ती आतङ्क

कञ्चनरुप, ४ असार । सप्तरीको कञ्चनरुप नगरपालिकाभित्र दिनहुँ जङ्गली हात्तीले आतङ्क मच्चाउदा स्थानीयवासिन्दाहरु आतङ्कित भएका छन् ।

समुहमा आएका जंगली हात्तीले गाउँ पसेर लाखौको अन्नवाली नष्ट गर्नुका साथै घर भत्काउँदा स्थानीयवासिन्दा त्रसित भएका हुन् । एक सातामा नगरपालिकाको विभिन्न वडामा हात्तीले लाखौको क्षती पुरयाएको छ ।
वडा नम्वर–६ का रामधनी पंडित, छेदी पंडित, कुसेश्वर साह, दर्पी पंडितको अन्नवाली, र वडा नम्वर ७ का जगधर यादवको घर भत्काउनुको साथै अन्नवाली नष्ट गरेको छ । यसैगरी चित्र बहादुर भुजेलको अन्नवाली र वडा ९ का चितरन्जन चौधरीको घर भत्काउनुको साथै अन्नवालीमा समेत क्षति पुर्याएको पीडितहरुले बताएका छन् । हात्ती आतङ्क नियन्त्रण हुन नसकेकोमा स्थानीयवासिन्दाले गुनासो गरेका छन् ।