वीरगंज, ४ असार । पर्सा क्षेत्र नम्वर– २ का सांसद बिचारी प्रसाद यादवले शनिवार एक कार्यक्रमका बीच नमुना गाबिस बेलवा वडा नम्वर–७ सोलखपुरमा तालिम केन्द्रको उद्घाटन गरेका छन् ।
गाबिस स्तरीय विश्वास सामुदायिक संस्था बेलवा – ६ पर्साले आयोजना गरेको शिलान्यास कार्यक्रममा बोल्दै सांसद यादवले वेलवामा निर्माण भईरहेको तालिम केन्द्रले यस भेगका ग्रामिण जनताहरुलाई राहत मिल्ने बताए । ग्रामिण भेगमा तालिम केन्द्रको निकै महत्व रहेको र अब यस क्षेत्रका बासीन्दाहरु तालिम एवं गोष्ठीको लागि वीरगंज जाने समस्याबाट मुक्त हुने बताए ।
सांसद यादवले निर्माणाधिन भवनको लागि ५ लाख आर्थिक सहयोग गर्ने घोषणा समेत गरे । विश्वास सामुदायिक संस्थाको ५ लाख र गाबिस वेलवाले उपलब्ध गराएको २ लाख ४० हजार गरी ७ लाख ४० हजारले तत्काल काम शुरु गरिएको संस्थाका अध्यक्ष सुलेमान हवारीले बताए । अढाई कट्ठामा १४ कोठे भवन निर्माण गर्न कुल ५२ लाख खर्च लाग्ने हवारीले बताए ।
सोही भवनको लागि वडा नागरिक मंच बेलवा – ६ ले ५ बोराको दरले ९ वटै वडाबाट ४५ बोरा सिमेन्ट दिने घोषना गरेको थियो ।गाबिस स्तरीय विश्वास सामुदायिक संस्था बेलवा – ६ का अध्यक्ष सुलेमान हवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादव, अतिथिहरु गाबिस वेलवाका सचिव अनिल सुवेदी,स्थनिय नेता प्रभु यादव, दानबहादुर भुजेल,एमामुल हवारी लगायतकाले आ आफनो मन्तव्य व्यक्त गरे ।
उक्त अवसरमा नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्य एवं एमालेका युवा नेता रामकिसोर सिंह पराग, संस्थाका उपाध्यक्ष डंकन माझी, कोषाध्यक्ष केदार पटेल,सचिव रामाकान्त चौधरी, सहसचिव खिलनाथ उपाध्याय, सदस्यहरु राम महतो,सुनिता कुमारी शर्मा, रंंजिता महतो, वकिल अन्सारी,चम्पा देवी लगायतको सहभागिता रहेको थियो ।
यसैबिच सांसद यादवले गाबिस वेलवा वडा नं. ३ प्रसौनीमा रहेको ईदगाहको अवलोकन गरेका छन् । मर्मतको अभावमा जिर्ण बन्दै गएको ईदगाहको लागि सांसद यादवले गरेको सहयोग अतुल्नीय रहेको उपभोक्ता समितीका अध्यक्ष नेजामुदिन देवानले बताए । देवानले अधुरो रहेको ईदगाह मर्मत पश्चात स्थानियबासिन्दा हर्षित भएको बताए ।
देवानले ईदगाहमा २२ हजारको फलामको ढोका र चारैतिर पर्खाल उठाई राम्रो संग मर्मत गरिएको जानकारी गराए । उक्त अवसरमा समितीका उपाध्यक्ष सहीद हवारी,कोषाध्यक्ष ईलियास अन्सारी, सचिव ताजमा खातुन, विश्वास सामुदायिक संस्थाका अध्यक्ष सुलेमान हवारी, युवा नेता रामकिसोर सिंह पराग लगायतको उपस्थिती रहेको थियो । यादवको संसदिय कोषको १ लाख रकमबाट ईदगाह मर्मत गरिएको हो ।