राजविराज, ३ असार । एन प्याव्सनका केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले हचुवातालमा ल्याइएको एसएलसी लेटर ग्रेडिङ्ग प्रणालीले विद्यार्थीमा पढ्ने संस्कारलाई ह्रास गरेको कुरा बताएका छन् ।
राजविराजमा एन प्याव्सन सप्तरीले शुक्रबार आयोजना गरिएको ८औं संशोधित शिक्षा ऐन सम्बन्धि अन्तरक्रियामा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । ‘लेटर ग्रेडिङ्ग प्रणाली अंकाबाटै गरिएको मुल्यांकनमा आधारित छ’ उनले भने ‘हतार र हचुवातालमा लागु गरिएको यो प्रणालीले विद्यार्थीमा पढ्ने बानी ह्रास गरेको छ ।’
अध्यक्ष शाहीले ८औं संशोधिन शिक्षा ऐनको आफुहरुपनि स्टेकहोल्डर रहेको भन्दै यसबारे आवश्यक छलफल चलाउने कार्यक्रममा बताए । सिटिइभिटिको प्राविधिक शिक्षा तर्फ पकड रहेको भएपनि राष्ट्रको आवश्यकतालाई त्यति मात्रले नपुग्दा औपचारिक शिक्षामा प्राविधिक शिक्षा समावेश गरिएको उनको भनाई छ । एन प्याव्सन सप्तरीका अध्यक्ष बौकु साहको अध्यक्षतामा आयोजित अन्तरक्रियामा एन प्याव्सनका केन्द्रीय सचिव थानेश्वर साह, जिल्ला सचिव नरेश प्रताप साहलगायत अन्य पदाधिकारीहरुको समेत सहभागिता थियो ।