• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जनतान्त्रिकद्वारा श्रेष्ठको घरमा बम विष्फोट

जनतान्त्रिकद्वारा श्रेष्ठको घरमा बम विष्फोट

राजविराज, ३२ जेठ । सप्तरीको राजविराज नगरपालिका–६ स्थित लक्ष्मीदेवी श्रेष्ठको निवासलाई लक्षित गरी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले बम बिस्फोट गराएका छन् ।
मंगलवार दिउँसो साढे ३ वजेको समयमा घरको पछाडि भाग सेप्mटी ट्याङ्माथि राखिएको कुकर बम बिस्फोट गराईएको हो । बिस्फोटबाट शौचालयको पछाडिको भागमा सामान्य क्षति भएको छ । अचानक ठूलो आवाज आएपछि श्रेष्ठको घर अगाडि केहीबेर स्थानीयवासिन्दाको भीड लागेको थियो ।
बम विष्फोटबारे जानकारी पाएलगत्तै राजविराज स्थित कृष्ण दल गणका गणपति भुवनेश्वर आचार्य, सप्तरीका प्रहरी उपरीक्षक भिमप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक दमन थापा लगायतका सुरक्षा प्रमुख तथा सुरक्षाकर्मीहरु घटनास्थल पुगेर आवश्यक जानकारी लिएका छन् । बम राख्ने व्यक्तिको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक ढकालले बताए ।
यता जयकृष्ण गोइतले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले सो बम बिस्फोटको जिम्मा लिएको छ । मोर्चाका संयोजक गोईतद्धारा मंगलवारै साँझ जारी बिज्ञप्तीमा राज्यद्धारा आफ्ना निर्दाेष र निहत्या कार्यकर्ताहरुलाई मार्ने क्रम जारी रहेकाले श्रद्धाञ्जली स्वरुप उक्त बम बिस्फोट गराईएको जनाएका छन् ।