• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मृत्यूको दश दिन वित्दा पनि परिवारले शव पाएनन्

मृत्यूको दश दिन वित्दा पनि परिवारले शव पाएनन्

राजविराज, ३० जेठ । सप्तरीको गम्हरिया प्रवाहा गाविस–४ का एक युवाको मृत्यू भएको दश दिन भईसक्दा पनि परिवारजनले शव पाउन सकेको छैन ।12342582_114281515610746_1032360337473323385_n
    करिब डेढ वर्ष अघि वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएका ३८ वर्षिय कैलु पंडितको मृत्यू भएको हो । जेठ २१ गते शुक्रवार दिउसो २ बजेको समयमा अचानक पेट र छाती दुख्न थालेको थियो । एउटै कोठामा बस्ने साथी नमाज पढेर आएपछि पंडितको मृत्यू भईसकेको थियो ।
    यता कैलुको मृत्यूको खबरले गम्हरिया प्रवाहा स्थित उनको घरमा रुवाबासी छाएको छ । मृतकका पिता हरि पंडितले आफ्ना छोराको शव चाँडो भन्दा चाँडो ल्याई दिन वैदेशिक रोजगार कम्पनीसँग आग्रह गर्दा पनि ढिलाई गरिरहेको स्थानीय जयप्रकाश यादवले जानकारी दिए । उनका अनुसार परिवार रुवावासी कायमै रहेको छ । 
शवको अन्त्येष्टि ढिलाई भइरहेकोले परिवारजनमा झन् पीडा बढ्दै गएकोले आवश्यक पहलकालागि सम्वन्धित निकायसँग मृतकका पिता हरिले आग्रह गरेका छन् । मृतकका पत्नी तथा एक छोरा र एक छोरी रहेको छ ।