• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गठबन्धनको तेस्रो दिनको रिले अनसनमा व्यापक सहभागिता

गठबन्धनको तेस्रो दिनको रिले अनसनमा व्यापक सहभागिता

काठमाण्डौ, २७ जेठ । राजधानी केन्द्रित आन्दोलनका क्रममा संघिय गठबन्धनले काठमाडौंको खुला मञ्चमा जारी राखेको विहीबारको रिले अनशनमा केन्द्रीय नेताहरुले सहभागी भएका छन् ।
रिले अनशनमा समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा, फोरम नेपालका सांसदद्वय छाया शर्मा र लक्ष्मी चौधरी, मगरात संघर्ष समितिका संयोजक नविन रोकामगर, समीर रानामगर, देवेन्द्र मगर, सद्भावना पार्टीका नेता देवेन्द्र यादव, फोरम नेपालका नेताहरु अर्जुन थापा, रेखा यादव, रेवन्त झा, राष्ट्रिय मधेश समाजवादी पार्टी प्रवक्ता केशव झा सहभागी भएका छन् । यसैगरी समाजवादी युवा फोरमका उप–महासचिव दुर्गामणी सुवेदी किरात संघर्ष समितिका नेता अर्जुनकुमार राई, खसान राष्ट्रिय संघर्ष समितिका नेता गोविन्द थापा, राष्ट्रिय शिल्पी आन्दोलनका दुर्गा बहादुर बिक, ताम्सालिङ संयुक्त संघर्ष समितिका जयराम योञ्जन, तमुवान संघर्ष समितिका नवराज गुरुङ, नेवाः पार्टीका नेता रामहरि रञ्जीत, थरुहट तराई पार्टीका नेता धर्म चौधरी, तराई मधेश सद्भावना पार्टीका लीला यादव, फोरम गणतान्त्रकका परमेश साह रिले अनशनमा सहभागी भएको सङ्घीय प्रेस फोरमले जनाएको छ ।
यसैगरी संघीय लिम्बूवान पार्टीका अमृता थेबे, शेर्पा प्रदेश संघर्ष समितिका सचिव देनीशेर्पा, आदिवासी जनजाति पार्टीका नेता सीताराम मोक्तान, नेवाः स्वायत्त राज्य संघर्ष समितिका गंगा बहादुर नेम्कुल, सद्भावना पार्टीका प्रतिनिधि पंकज मिश्र, फोरम नेपाल नेताहरु गोपाल कुमार राई, सुनम रायमाझी, उदयकान्त मिश्र लगायत संघीय गठबन्धनमा आबद्ध दलका ३० जना प्रतिनिधिहरु तेस्रो दिन रिले अनसनमा सहभागी भएको सङ्घीय प्रेस फोरमका महासचिव सरोज खेलाडिले जानकारी दिएका छन् ।