राम नारायण पंडित
सिरहा, २७ जेठ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कसहामा विहीबार बिहान बस र ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोमा परी पूर्ण रुपमा जलेकोले मृतकको पहिचान हुन सकेको छैन ।
काठमाडौंबाट झापाकोलागि प्रस्थान भएको ना. ५ ख ८५३८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना. २ ख ४२९४ नम्बरको मालबाहक ट्रक एक–आपसमा ठोक्किँदा दुई दर्जन भन्दा बढी यात्रुहरु घाइते भएका छन् । घाइतेहरुमध्ये १० जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ भने गम्भिर घाइतेहरुको थप उपचारको लागि जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा पठाईएको छ । आगलागीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।