राजविराज, २६ जेठ । काठमाण्डौको धुलिखेल स्थित पतञ्जली योगपीठको सिंचाई मन्त्री उमेश कुमार यादवले मङ्गलवार स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री यादवले योग पीठको अवस्था तथा निर्माण कार्यबारे निरीक्षणका क्रममा जानकारी लिएका हुन् । चिकित्सा तथा योग शिविर सञ्चालन हुँदै आएको उक्त योगपीठमा जल उत्पन्न विभागले योगपीठलाई १५ लाख रुपैयाँ सहयोग गरेका थिए ।
२०६४ सालमा स्थापना भएको पतञ्जली योग पीठको २०६७ सालमा धुलिखेलमा भवन शिलान्यास गरिएको थियो । उक्त योगपीठमा ५ सयदेखि २ हजार ५ सयसम्मको योग शिक्षा प्रदान गर्दैआएको तथा ३० शैय्याको अस्पताल समेत सञ्चालनमा रहेको पतञ्जली योग समितिका केन्द्रीय पदाधिकारी समेत रहेका पीठका ईञ्चार्ज केशव खुलालले मन्त्री यादवलाई जानकारी गराए ।