• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
‘नेपालको चारधाम’ हिन्दी पुस्तक बिमोचन

वीरगञ्ज, २२ जेठ । देवभुमी नेपालको चारधाम हिन्दी पुस्तकको शनिवार एक कार्यक्रमका बीच विश्व हिन्दू परिषदका अन्तराष्ट्रिय महामन्त्री दिनेशचन्द्रले बिमोचन गरेका छन् ।
वीरगञ्ज स्थित कलवार धर्मशालामा शुरु भएको विश्व हिन्दू परिषदको केन्द्रीय कार्य समितिको बैठकमा बिमोचन गरिएको थियो । बिमोचन समारोहमा विश्व हिन्दू परिषदका नेपाल प्रभारी एसनेहीपाल सिंह, राष्ट्रिय उपाध्यक्ष टिका पहाडी, साधु महासंघका केन्द्रीय संरक्षक बाबा सौरभनाथ, हिन्दू स्वयम्सेवक संघका मुख्य प्रचारक वेद प्रकाश, विश्व हिन्दू परिषदका अन्तर्राष्ट्रिय सचिव बजरंगलाल वागडा, नेपाल ज्योतिष परिषदका केन्द्रीय सदस्य एवं विश्व हिन्दू परिषद् पर्साका अध्यक्ष पुरुषोत्तम दुवे, सचिव बिनोद चौरसिया, सल्लाहकार भुपेन्द्र पौडेल, नारायणी अञ्चल संयोजक बिनय यादव, हिन्दू स्वयम्सेवक संघ पर्साका संयोजक रञ्जित साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै हिन्दू धर्म एवं संस्कृतिको संरक्षण तथा संम्वद्धनमा लाग्न जोड दिए ।
देवभुमि नेपालको चारधाम हिन्दी पुस्तकमा बिशेषगरी नेपालमा रहेका चारधामहरु मुक्तिनाथ, रुद्रक्षेत्र धाम, पशुपतिक्षेत्र धाम, बाराहक्षेत्र धामको पौराणिक कालदेखि नै धेरै महत्व बोकेको र सो किताबले धार्मिक अध्ययन क्षेत्रमा महत्वपुर्ण हुने किताबका अनुवादकर्ता वेदप्रसाद पन्थले बताए । उक्त किताबको लेखन हरी प्रसाद ज्ञवाली र सम्पादक मण्डलमा डा. उमेश प्रसाद खनाल, डा. सुवास घिमिरे, उद्धव कुमार घिमिरे तथा प्रकाशक विश्व हिन्दू परिषद् नेपाल काठमाडौले गरेको पन्थले बताए ।