• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मतगणनामा धाँधलीको प्रयास विफल, सप्तरीमा मधेशी निजामती कर्मचारी मञ्च विजयी

मतगणनामा धाँधलीको प्रयास विफल, सप्तरीमा मधेशी निजामती कर्मचारी मञ्च विजयी

राजविराज, २० जेठ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन कर्मचारीहरुको बुधबार अबेर राती सप्तरीमा सम्पन्न निर्वाचनमा नेपाल मधेशी निजामती कर्मचारी मञ्च विजयी हासिल गरेको छ ।
मालपोत कार्यालय राजविराजमा सम्पन्न मतगणना परिणाम अनुसार नेपाल मधेशी निजामती कर्मचार्री मञ्चले १ सय ९१ मत प्राप्त गरी पहिलो स्थान सुरक्षित गरेको हो । यसैगरी नेपाल निजामती कर्मचारी सङ्गठनले १ सय ९० मत प्राप्त गरेको छ । निजामती कर्मचारी सङ्गठन निजामतीले १ सय ४६ मत, राष्ट्रिय कर्मचारी मिलन केन्द्रले ९४ मत, नेपाल निजामती कर्मचारी युनियन ७५ मत र राष्ट्रिय कर्मचारी सङ्गठनले ३ मत प्राप्त गरेका छन् ।
कुल ७ सय २३ मत खसेकोमा २४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अबेर राती सम्पन्न मत गणना परिणाममा धाँधली हुने निश्चित देखिएपछि मधेशवादी पक्षधर कर्मचारी र मधेशवादी दलका नेताहरु मतगणना स्थल अगाडि चर्को नाराबाजी गरेका थिए । नेपाल मधेशी निजामती कर्मचार्री मञ्चले १ सय ९० मत मात्र प्राप्त गरेको र नेपाल निजामती कर्मचारी सङ्गठनले १ सय ९१ मत प्राप्त गरेको भनी निर्वाचन समितिले धाँधली गर्ने प्रयास गरेका थिए । निर्वाचन समितिले मत पेटीका सिडिओ बङ्गला लाने प्रयास गरे पनि व्यापक विरोधका कारण उक्त प्रयास समेत अन्ततः विफल भएको थियो । मतगणना स्थल अगाडि विरोध प्रदर्शन जारी रहेको केही समयपछि सामान्य त्रुटी भएको भन्दै निर्वाचन समितिले सामान्य गल्ती भएको भन्दै सच्याएर मधेशी निजामती कर्मचारी मञ्च विजयी भएको घोषणा गरेको नेपाल मधेशी निजामती कर्मचारी मञ्चका प्रतिनीधि मनोजकुमार यादवले जानकारी दिए ।
यसैगरी सिरहा, नवलपरासी, धनुषा, रौतहट, महोत्तरी र सर्लाहीमा जिल्लामा समेत मधेशी निजामती कर्मचारी मञ्चले विजयी हासिल गरेको छ । मधेशका अन्य जिल्लाहरुमा समेत मधेशी निजामती कर्मचारी मञ्चकै अग्रता रहने सुनिश्चित देखिएको छ ।