काठमाडौं, १९ जेठ । पर्साका युवा पत्रकार सन्तोष पटेल संघीय प्रेस फोरममा बुधवार प्रवेश गरेका छन् ।
काठमाण्डौ स्थित फोरम नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पटेल प्रेस फोरममा प्रवेश गरेका हुन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, महासचिव रणध्वज कन्दङ्वा, फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादव लगायतले पत्रकार पटेललाई स्वागत गरेका छन् । एनपी न्यूज डेलीका प्रधान सम्पादक समेत रहेका पत्रकार पटेल मधेश आन्दोलनमा सक्रिय भूमिका निभाएका छन् । उनी मधेशी पत्रकार समाज पर्साका अध्यक्ष समेत हुन् । उनलाई प्रेस फोरमका महासचिव सरोज खेलाडिले समेत सङ्गठनमा प्रवेश गरेकोमा स्वागत गरेका छन् ।