• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका बामपन्थी बौद्धिक योद्धा मिश्रको निधन

सप्तरीका बामपन्थी बौद्धिक योद्धा मिश्रको निधन

राजविराज, १४ जेठ । सप्तरी जिल्लाका बामपन्थी आन्दोलनका योद्धा एवम् बौद्धिक व्यक्तित्व यशोदानन्द मिश्रको शुक्रवार निधन भएको छ ।
महेन्द विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका पूर्व क्याम्पस प्रमुख समेत रहेका मिश्रको शुक्रवार राजविराज–९ स्थित आफनै निवासमा निधन भएको हो । सन् १९३६ को १३ अगस्तमा जन्मेका मिश्र पञ्चायति व्यवस्थाको समाप्तीपछि २ वर्ष क्याम्पस प्रमुखमा रहेर काम गरेका थिए । वामपन्थी विचार धाराका मिश्र मनमोहन अधिकारी, कृष्णराज बर्मा, स्वर्गीय कमर शाह, शैलेन्द्रकुमार उपाध्यायका समकक्षी थिए ।
२०४६ सालको आन्दोलनमा कांग्रेस र वामपन्थी पार्टीहरुलाई एकतावद्ध भई आन्दोलनमा उत्रिन वाम प्राध्यापकहरुको तर्फबाट उनले सकृय भुमिका निर्वाह गरेका थिए । विराटनगरमा २०४६ सालमा एकातिर पञ्च र्याली र अर्कोतर्फ प्रजातन्त्रका लागि आन्दोलन गर्न प्राध्यापकहरु गोलबन्द भएको बेला राजविराजबाट मिश्रकै नेतृत्वमा प्राध्यापकहरु विराटनगर पुगेको स्मरण राजविराज क्याम्पसका अवकास प्राप्त प्राध्यापक अमरकान्त झाले सुनाए ।
बौद्धिक व्यक्तित्व मिश्र पञ्चायती शासनकालमा राजविराज नगरपालिकाको उप–प्रमुख रहनुका साथै नेपाल भारत मैत्री संघसित समेत आवद्ध रहेको उनका जेठा छोरा राजीव मिश्रले जानकारी दिए । विगत ६ महिनादेखि अस्वस्थ रहेका मिश्रका तीन छोरा एक छोरी र धर्मपत्नी रहेका छन् ।