• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लोक नायक दीनाभद्रीबारे सप्तरीमा बृहत विचार मन्थन हुने

लोक नायक दीनाभद्रीबारे सप्तरीमा बृहत विचार मन्थन हुने

राजविराज, १२ जेठ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, काठमाण्डौका आयोजना तथा मैथिली साहित्य परिषद्को संयोजनमा राजविराजमा लोक नायक दीनाभद्रीको विषयमा बृहत अध्ययन, अनुसन्धान एवम् विचार मन्थन हुने भएको छ ।
जेठ १६ गते आइतवार लोक नायक दीनाभद्रीको विषयमा बृहत बिचार गोष्ठि आयोजना हुने भएको हो । साहित्यकार तथा रङ्गकर्मी समेत रहेका प्रतिष्ठानका प्राज्ञ रमेश रञ्जनका अनुसार शुक्रवार कटैया गाविसमा अवस्थित दीनाभद्री स्थलको स्थलगत अध्ययन एवम् अवलोकन गरिनेछ ।
यसैगरी शनिवार जेठ १५ गते लोक नायक दीनाभद्रीको लोकगाथा स्थानीय पारम्परिक लोक गायक सातैन रामको प्रस्तुतीलाई श्रव्य दृश्य रेकर्डिङ्ग गरिने छ । आइतवार आयोजन हुन लागेको उक्त कार्यक्रममा दीनाभद्रीको जीवनको विविध पक्षबारे छुट्टा–छुट्टै कार्यपत्र प्रस्तुत गरिने जनाईएको छ ।
गोष्ठीमा भारतको विहार नाट्य एकेडेमीका सचिव समेत रहेका प्रसिद्ध साहित्यकार डा.तारानन्द वियोगी, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय मैथिली विभागाध्यक्ष प्रा. परमेश्वर कापडि, मैथिली परिषद राजविराजक पूर्व अध्यक्ष देवेन्द्र मिश्र र पत्रकार एवम् लेखक श्यामसुन्दर शशीद्वारा कार्यपत्र प्रस्तुत हुने प्राज्ञ रञ्जनले जानकारी दिए । सोही कार्यक्रम प्रा.डा. सुनिलकुमार झा, इतिहासविद् हरिकान्तलाल दास, प्रा. अमरकान्त झा, प्रा. डा. पीताम्बरलाल यादव, भारतका साहित्यकार रघुनाथ मुखिया, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षहरुलगायतका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने उनले बताए ।
कार्यक्रममा लोकनायक दीनाभद्रीको विविध पक्षबारे विचार मन्थन हुने मैथिली साहित्य परिषद्का सविच समेत रहेका कार्यक्रम संयोजक श्यामसुन्दर यादव ‘पथिक’ले जानकारी दिए । स्मरण रहोस् प्रतिष्ठानद्वारा चार वर्ष अघि मैथिली साहित्य परिषदको संयोजनमा मिथिलाको लोपोन्मुख जाति पमरियाको विषयमा समेत विचार मन्थन गरिएको थियो ।