• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी आउँदै प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा

सप्तरी आउँदै प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा

राजविराज, ३० वैशाख । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञान राज शर्मा सहित प्रहरी प्रमुखको टोली शुक्रवार सप्तरी आउने भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा पुर्व क्षेत्रिय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेबाट अपराध नियन्त्रण तथा समसामयिक शान्ति सुरक्षाका विषयमा अन्तरक्रियात्मक छलफल कार्यक्रममा सहभागी हुन सप्तरी आउन लागेका हुन् । जिल्ला विकास समिति सप्तरीको सभाहलमा एक बजेको समयमा आयोजना हुने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।