वीरगञ्ज, २९ वैशाख । रामजनम गजेन्द्र नारायण स्मृती प्रतिष्ठान वीरगञ्जले मधेसका मसिहा एवं प्रजातन्त्रका योद्धा बाबा रामजनम तिवारीको बुधवार एक कार्यक्रमका बीच १८ औं पुण्यतिथी मनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष एवं नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलको सभापतित्वमा आयोजित कार्यक्रममा घण्टाघर स्थित स्व. तिवारीको शालिकमा माल्यार्पण गरि पुण्यतिथी मनाइएको थियो । कार्यक्रममा प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले स्व. तिवारी मधेस मात्र नभई राष्ट्रकै नेता भएको चर्चा गर्दै वर्तमान राजनितीक दलले उनको बिचार र सिद्धान्तलाई अवलम्बन गरे लोकतन्त्र अझैं बलियो हुनेमा जोड दिए ।
पुर्व सभासद आत्माराम साहले बाबा तिवारीको सदा जिवन उच्च बिचारको सिद्धान्तलाई सम्पुर्ण मधेसवादी राजनितीर्मीले आत्मासात गर्नुपर्ने बताए । स्मृती सभामा सदभावना पार्टीका केन्द्रीय सह–महासचिव अधिवक्ता सुरेन्द्र कुर्मी, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जितेन्द्र सिंह, नेपाल बार एशोसिएसन पर्साका पुर्व अध्यक्षद्वय सुधिर कर्ण र पन्नालाल गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शितल महतो, वीरगञ्ज उपमहानगरपालिकाका अधिकृत शम्भु गुप्ता, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल लगायतकाले तिवारी बाबाको जिवनीको चर्चा गरे ।
नेपाल सदभावना पार्टी पर्साका सचिव कृष्णा प्रसाद कुर्मीले सहजीकरण गरेको स्मृती सभामा सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानीले स्वागत मन्तव्य व्यक्त गरे । स्मृती सभामा मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल, फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हरेन्द्र सिंह, नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्यद्वय सञ्जय पाण्डे र अनिरुद्ध सिंह, रामसपा पर्साका सचिव धर्मेन्द्र पटेल, सदभावना पार्टी पर्साका युवा नेता ओमप्रकास सर्राफ, महिला नेतृ अनिता रौनियार, तमसपा पर्साका नेता बिरेन्द्र यादव, नेपाल सदभावना पार्टी पर्साका अध्यक्ष मनोज कर्ण, स्व. बाबा रामजनम तिवारीका सुपुत्र अकलेश तिवारी लगायतको उपस्थिति रहेको थियो ।