वीरगंज २४ वैशाख । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जमा शनिवार एमएन नर्सिङ्गका विद्यार्थीहरुको विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
कलेजका अध्यक्ष डा. जैनुद्दिन अन्सारीको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा अस्पतालका निर्देशक डा.प्रमोद सर्राफ, कलेजका प्राचार्य डा.ए.के.कोशी, सह प्राचार्य बविता सिंह, नर्सिङ्ग कलेजका डायरेक्टर सावित्री भट्टराई कलेजका प्रशासकिय अधिकृत अताउल रहमान अन्सारी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्दिन अन्सारीले विद्यार्थीहरुको उज्जवल भविष्यका लागि शुभकामना व्यक्त गर्नु भएको कलेजका प्रवक्ता सेराज अहमदले बताए ।
कार्यक्रम एम.एन. नर्सि¨ दोश्रो वर्षका विद्यार्थीहरु भावना अधिकारी, सरस्वती बुडाल, शान्ति बुडाल र सम्झना खरेलको संयोजकत्वमा सम्पन्न भएको छ ।