• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लोडसेडिङ्ग बिरुद्धको धर्नामा प्रहरी हस्तक्षेप

लोडसेडिङ्ग बिरुद्धको  धर्नामा प्रहरी हस्तक्षेप

वीरगंज, २४ बैशाख । मधेसवादी दलका सक्रिय नेता तथा स्थानीय नागरिकहरुले शुक्रवार  दोस्रो दिन पनि नेपाल विद्युत प्राधिकरण केन्द्र वीरगञ्ज शाखाको मुल गेटमा धर्नासहित  प्रदर्शन गरेका छन् ।
विगत केही हप्तादेखि नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले गर्दै आएको अनियमित बिद्युत कटौती र लोडसेडिङ्ग अन्त्यकोलागि वीरगञ्जका  नेता एवं नागरिकहरुले  दोस्रो दिन पनि प्रदर्शन जारी राखेका हुन् ।  सदभावना पार्टी पर्साका युवा नेता ओमप्रकाश  सर्राफको नेतृत्वमा वीरगञ्ज पावरहाउस चौकमा रहेको प्राधिकरणको मुल गेट अगाडि लोडसेडिङ्ग अन्त गर, अनियमित बिद्युत कटौती बन्द गर,बिद्युत आपुर्ति सहज गर ,बिद्युतमा भेदभावन बन्द गर  जस्ता नारा लगाउदै प्राधिकरणको मुल गेटमा  बिहान १० बजे देखि १२ बजे सम्म २ घण्टा प्रर्दशन  गरिएको थियो ।
प्राधिकरण अगाडि धर्नामा बसेका नेताहरुमाथि वडा प्रहरी कार्यालय श्रीपुर वीरगञ्जका प्रहरी निरिक्षक शेख अदालतको नेतृत्वमा गएको टोली धर्नाकारीमाथि दमनको प्रयास गरेका थिए । धर्ना समापन पछि कोण सभालाई सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेल, सदभावना युवा मञ्चका पर्सा जिल्ला अध्यक्ष शेख मुन्ना, नेपाल ज्योतिष परिषदका केन्द्रीय सदस्य ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवे,  सदभावना पार्टी पर्साका सचिव राजेश साह ,पब्लिक एन्टी करपसन पर्साका सचिव दिपक सर्राफ, लगायतकाले सभालाई सम्बोधन गर्दै नेपाल सरकार र बिद्युत प्राधिकरणको मिलोमतोमा वीरगञ्ज लगायत त्यस आसपास क्षेत्रमा व्यापक रुपमा बिद्युतको अनियमितता भइरहेको आरोप लगाए ।
शान्तिपुर्ण धर्ना एवं प्रर्दशन कार्यक्रममा प्रहरी प्रशासन गरेको हस्तक्षेपको कडा विरोध गरेका थिए । वक्ताहरुले लोडसेडिङ्ग व्यवस्थापन नभए सम्म आन्दोलन जारी राख्ने र आवश्यकता अनुरुप आनन्दोलनको स्वरुप परिवर्तन गर्ने कार्यक्रम संयोजक एवं युवा नेता ओमप्रकास सर्राफले बताए ।