• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भेडियामठमा वनस्खण्डी गुरुकुल स्थापना

राजविराज, १४ वैशाख । सप्तरीको लोहजरा गाविस–९ स्थित भेडियामठमा वनखण्डी गुरुकुलको स्थापना भएको छ । गुरुकुलको मंगलवार हिन्दु विद्यापिठ नेपालका सञ्चालक डा. चिन्तामणी योगीले उद्घाटन गरेका छन् । पूर्वीय दर्शनमा आधारित धर्म, संस्कृती र शभ्यताको संरक्षण र संवद्धन गर्दै आदर्श शिक्षा पद्धतीको माध्यमद्वारा दक्ष नेपाली नागरिक तयार गर्ने उद्देश्यले गुरुकुल स्थापना गरिएको डा. योगीले बताए ।
गुरुकुल स्थापनापछि यसले समस्त हिन्दुलाई समेट्दै धार्मिक पर्यटन स्थलको रुपमा भेडियामठको विकास गर्ने उनले जानकारी दिए । अन्य विद्यालय र शैक्षिक संस्थाभन्दा पृथकरहि व्यपारीक दृष्टिकोणले पूर्णत टाढारहि निश्चित लक्ष्य र आदर्श प्राप्तीका लागि निस्वार्थ सेवाले सञ्चालित हुनेछ । अंग्रेजी माध्यममा सञ्चालित विद्यापीठले एकतिर राष्ट्रिय संस्कृतीको संरक्षण गदै आएको छ भने अर्कोतिर विश्वसँग सहकार्य गर्न सक्ने विराट चिन्तन क्षमता र शिप भएका युवा शक्ति तयार गर्ने लक्ष्यका साथ सञ्चालन हुने डा. योगीले बताए ।
उद्घाटन कार्यक्रममा सप्तरी घरभएका व्यक्ति अष्ट्रेलिया पुगेर नेपाल फर्केर आफनै गाउँमा गुरुकुल स्थापना गर्ने काशिनाथ जोशीमा आएको चेतना र प्रेरणा हामी सवैका लागि उदाहरण भएको उनले बताए । कार्यक्रमको अध्यक्षता सञ्चालक समितीका अध्यक्ष अधिकलाल मण्डलले गरेका थिए ।
कार्यक्रममा उद्योगपति एवम समाजसेवि वेनिगोपाल मुधडा, सांसद लक्ष्मी चौधरी, नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, जिल्ला विकास समितिका सभापति सुरेन्द्र झा, पूर्व सांसद सुर्यनाथ यादव, समाजसेवि विजय यादव, जयसुन्दर महात्मान, गुरुकुलका संस्थापक काशिनाथ जोशी, पत्रकार उत्तम आचार्य, स्थानिय नोखेलाल मण्डल लगायतका वक्ताले गुरुकुलको स्थापनाबाट यो क्षेत्र धार्मिक पर्यटन स्थल बन्ने विश्वास व्यक्त गरे । गुरुकुलमा हाल २१ जना विद्यार्थी भर्ना गरिएको उपाध्यक्ष उपेन्द्र मुखियाले जानकारी दिएका छन् ।