• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

‘द ग्रेट जनकपुर, द बेस्ट जनकपुर’ अभियानमा लाग्न सिंचाइ मन्त्रीको आग्रह

‘द ग्रेट जनकपुर, द बेस्ट जनकपुर’ अभियानमा लाग्न सिंचाइ मन्त्रीको आग्रह

जनकपुर, १४ वैशाख । सिंचाइ मन्त्री उमेशकुमार यादवले द ग्रेट जनकपुर बेस्ट जनकपुरको अभियानमा लाग्न जनकपुरवासीलाई आग्रह गरेका छन् ।

विशाल जनकपुरलाई बेस्ट जनकपुर बनाउन स्थानीयवासिन्दा नै लाग्नु पर्ने बताउँदै हुँदै उनले जनकपुरको नदी नियन्त्रण तथा स्वच्छ हराभरा बनाउन सिंचाइ मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । जोखिम युक्त सदरमुकाम बचाउ कार्यक्रम अन्तर्गत जनकपुरको पुल्चोकस्थित पुरानो जलाद नदीमा तटबन्ध निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री यादवले जनकपुरका थुप्रै नदी अतिक्रमण भएको छ, त्यो अतिक्रमण हटाउन नगरपालिकाले पहल नगरेको गुनासो गरे । जबसम्म अतिक्रमण हट्दैन, तबसम्म द बेस्ट जनकपुर, ग्रेट जनकपुर बन्न सक्दैन भन्नुहुँदैन नगरपालिकाले अतिक्रमण हटाउन पहल गर्नु बताए ।
विकास निर्माण कार्यमा सबै एकजुट हुनुपर्ने कुरामा जोड दिदै मन्त्री यादवले बताउँदै सदरमुकाम बचाउ कार्यक्रम जनकपुरबाट नै आरम्भ भएको बताए । यो कार्यक्रम जनकपुर, राजविराज, सिरहा र गौरमा सञ्चालन हुनेछ । नदीको कारण यी सदरमुकाम विशेष जोखिममा रहेको छ । शिल्यानास गरिएको नदी नियन्त्रणका लागि चालु आर्थिक वर्षका लागि एक करोड बजेट छुट्इएको छ । जनकपुर चुरोट कारखानादेखि जलाद नदीसम्मका लागि १ अर्ब १० करोड बजेट छुट्याइएको छ ।