राजविराज, १२ वैशाख । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले आ.ब. २०७१÷७२ को औषधी, मसलन्द तथा फर्निचरको टेण्डर भएपनि हालसम्म जनताको पहुँच नभएको भन्दै स्वास्थ्यकर्मीहरुको ट्रेड युनियन सञ्जालले कार्यालयमा तालाबन्दी गरेका छन् ।
सञ्जालका संयोजक बिरेन्द्र दासको अगुवाईमा विभिन्न पाँच बुँदे मागहरु राख्दै तालाबन्दी गरेर धर्नामा बसेका हुन् । स्वास्थ्य संस्थाहरुमा औषधिको चरम अभाव हुँदा पनि औषधि आपुर्ति नभएकोले तत्काल आपुर्ति हुनुपर्ने, आम जनता र स्वास्थ्यकर्मीहरुसँग सरोकार राख्ने कुनै पनि कार्यक्रम सञ्चालन गर्नु पुर्व टे«ड युनियनहरुसँग छलफल गर्नुपर्ने, चालु आव २०७२÷०७३ को प्रथम र दोश्रो चौमासिक बितिसक्दा समेत हालसम्म लगभग २०÷२५ प्रतिशत मात्र कार्यक्रमहरु सम्पन्न भएको हुँदा हालसम्म सम्पन्न भइसकेका, चालु आवस्थामा रहेका र सम्पन्न हुन बाँकी कार्यक्रमहरु विवरण उपलब्ध गराउनुपर्ने, जेष्ठताको आधारमा स्वास्थ्य सेवा ऐन बमोजिम स्वास्थय संस्था प्रमुख हुने व्यवस्था लागु गर्नुपर्ने तथा टे«ड युनियनहरु र जिल्ला जनस्वास्थ्य कार्यालयबिच विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्नेसहितका मागहरु राखेर तथ्याङ्क शाखा र लेखा शाखामा तालाबन्दी गरिएको छ ।