• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सिंचाई मन्त्रीद्वारा मरहा नदीमा तटबन्धको उद्घाटन

सिंचाई मन्त्रीद्वारा मरहा नदीमा तटबन्धको उद्घाटन

महोत्तरी ५ बैशाख । सिँचाइ मन्त्री उमेशकुमार यादवले आइतवार मरहा नदी नियन्त्रणका गर्न तटबन्धको शिलान्यास गरेका छन् ।
बरगाछीस्थित रहेको नदीमा गएर मन्त्री यादवले पूजापाठ गरी पाँच टोकरी माटो राखेर शिलान्यास गरेका हुन् । ३१ किलोमिटर तटबन्धका लागि यो चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन गरेको मन्त्री यादवले जानकारी दिए । यो तटबन्ध निर्माण भएपछि हजारौ विघा जमिन सुरक्षित हुने र त्यस वरिपरीका गाउँ बाढीबाट सुरक्षित रहने जनताकालागि तटबन्ध कार्यक्रमका प्रमुख मनोहर साहले बताए ।
यसैबीच सोही दिन मन्त्री यादवले बरगाछीका वडा नम्वर १ र २ लाई पूर्ण सिंचित क्षेत्र घोषणा गरे । त्यसका लागि उनले एउटा स्यालो ट्युव जडानको शिलान्यास गर्दै सिंचित क्षेत्रको घोषणा गरे । पूर्ण सिंचित क्षेत्र बनाउनका लागि तत्कालै २५ वटा थप स्यालो ट्युवेल उपलब्ध गराउने सांसद लालेन्द्र मण्डलले जानकारी गराए । किसानले चाहे भने यसै आर्थिक वर्षमा पूर्ण सिंचित हुने मन्त्री यादवले प्रतिवद्धता जनाए ।
मन्त्री वा सरकारले चाहेर मात्र हुँदैन यसमा किसानको महत्वपूर्ण भूमिका हुने गरेको बताउँदै मन्त्री यादवले अगामी आर्थिक वर्षमा स्यालो ट्युवेल एक हजारदेखि दुई हजार थपिने बताए । यो कार्यक्रम सञ्चालनमा आइसकेपछि नदी नियन्त्रणका लागि बजेटमा बृद्धि हुनुको साथै सिँचाइको क्षेत्रमा कोसेढुगां सावित हुनेछ ।’
मरहा नदी तटबन्धको शिल्यानासपछि गौशाला बजारमा आयोजित कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले समृद्ध तराई मधेश विशेष सिँचाइ कार्यक्रम अन्तर्गत एक निर्वाचन क्षेत्रमा दुई पोखरी, एक निर्वाचन क्षेत्रमा पाँच गाविसलाई पूर्ण सिंचित क्षेत्र तथा एक निर्वाच क्षेत्रमा तीन डीप बोडिगं दिने योजना रहेको जानकारी गराए । यी सबै कार्यक्रम यसै आर्थिक वर्षदेखि शुरु भइसकेको बताउँदै उनले यसलाई पूर्णता दिनका लागि पाँच वर्षको समय दिएको बताए ।
कोशीको चतरामा ब्यारेज निर्माण गरी चुरेको बीचबाट नहर ल्याउने बताउँदै मन्त्री यादवले यो भयो भने सप्तरी, सिरहा र उदयपुरका हजारौ विघा जमिन सिंचित हुने दावी गरे । चतरा ब्यारेजको कार्यक्रम पनि आगाडि बढी सकेको बताउँदै उनले आगामी आर्थिक वर्षमा यसका लागि बजेट थपिने पनि बताए ।
जनताकालागि सिंहदरवार बहिरो भएको बताउँदै उनले जनता आफै नजागेसम्म विकास सम्भव नरहेको उल्लेख गरे । सिहदवारको विकास गाउँसम्मका लागि जनता आफै आगाडि बढ्नुपर्छ, उनले भने ‘गणतन्त्र, धर्म निरपेक्ष, लोकतन्त्रका लागि हामीले लड्यौं अब विकासका लागि लड्नुपर्नेछ । विकासका लागि एक चरण सबै जनता उठ्नुपर्छ ।’ सिहदरवारलाई जनताको दरवार बनाउन, संघर्षको आवश्यक रहेको उल्लेख गर्दै उहाँले मधेशी जनतामाथि सिहदरवारबाट नै विभेद भइरहेको बताए ।
क्षेत्र नं. ६ का पूर्व सभासद भरतप्रसाद साहले नदी नियन्त्रणमा जनताको सहयोग हुनुपर्ने बताए । नदी अनियन्त्रित भएका कारणले हजारौं विघा जमिन बन्जर बनेको छ भने हजारौ जनता विस्थापित भएको बताउँदै उनले जनताको तटबन्ध कार्यक्रम सञ्चालन आएको र यसलाई निरन्तरता दिन आग्रह गरे ।