• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेस समता पार्टी नेपालको पहिलो राष्ट्रिय महाधिवेशन बीरगञ्जमा शुरु

मधेस समता पार्टी नेपालको पहिलो राष्ट्रिय महाधिवेशन बीरगञ्जमा शुरु

बीरगंज, २७ चैत्र
मधेस समता पार्टी नेपालको पहिलो राष्ट्रिय महाधिवेशन एक कार्यक्रमका बीच जारी मधेश आन्दोलनका शहिद शत्रुधन पटेलको आमा कुसुम देवीले उद्घाटन गरेकी छिन् ।
उद्योग राज्यमन्त्री एवं मधेस समता पार्टीका राष्ट्रिय अध्यक्ष मेघराज निषादको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा विभिन्न राजनैतिक दलका प्रतिनिधि एव मित्र राष्ट्र भारतका प्रतिनिधिहरुले शुभकामना मन्तब्य ब्यक्त गरे ।
महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं शहिद शत्रुधन पटेलको आमा कुुसुम देवीले देश र मधेसमा चाँडै सुख शान्ति होस र मधेसमा जारी अधिकार र पहिचानको आन्दोलनमा बलिदानी गरेका शहिदहरुका कुर्बानी खेर नजाओस भनि कामना गर्दै मधेसको माँग सम्बोधन नभएसम्म देशले निकास नपाउने बताईन् ।
राज्यमन्त्री निषादले मधेसको माँग वर्तमान सरकारले नै सम्बोधन गर्ने बताउदै वार्ता र सम्वाद मार्फत मधेस र देशलाई निकास दिन मधेसी मोर्चालाई आग्रह गरेका थिए । उद्घाटन सत्रमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय उपाध्यक्ष कलाम अजाद, जनता दल युनाइटेड बिहारका नेता जर्नादन सहनी, नेपाल भारत मैत्री मञ्चका महासचिव रामेश्वर सिंह पटेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, मगर मुक्ति मोर्चाका कमल पिठाकोठे मगर, एनेकपा माओवादी अबिताबच्चन दास, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
उद्घाटन समारोहमा मधेस समता पार्टीका केन्द्रिय महासचिव रामनाथ मैनालीले स्वागत मन्तब्य एवं युवा नेता विरेन्द्र पडितले सहजीकरण गरेका थिए । प्रथम महाधिवेशनमा समता पार्टीका १५ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको र बन्द सत्रले नया नेतृत्व समेत चयन गरिने केन्द्रिय सदस्य एव युवा नेता तेज प्रकाश सहनीले बताए । a