• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

उदयपुर, २७ चैत्र । सगरमाथा यातायात संघको १८ औं बार्षिक साधारण सभा शनिवार उदयपुर जिल्लाको सिवाईमा सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय यातायात व्यावसायी संघको सगरमाथा अञ्चल संयोजक तथा सगरमाथा बस व्यवसायी संघको अध्यक्ष हरिनारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभा सगरमाथा यातायात संघका अध्यक्ष मोहम्मद नुरुल होदा अन्सारीको अध्यक्षतामा सम्पन्न भएको हो । संघका बरिष्ठ उपाध्यक्ष जगदीश प्रसाद अर्यालले सञ्चालन गरेको कार्यक्रममा अर्का उपाध्यक्ष सुनिलकुमार साह “पिन्टु”ले स्वागत मनतव्य राखेका थिए ।
उदयपुर जिल्लाको सुन्दरपुर गाविसको सिवाईमा सम्पन्न बार्षिक साधारण सभामा प्रमुख अतिथि हरिनारायण यादवले मधेश आन्दोलनको कारणले सबै भन्दा मार्कामा रहेको क्षेत्र यातायात क्षेत्र रहेको र बैंकको ऋणबाट सञ्चालनमा रहेको यातायात क्षेत्र र यसका व्यावसायीले लाखौंको नोक्सान व्योहोरेको दुखेसो पोख्दै सरकारले न त मधेश आन्दोलनको माङ्गलाई सम्बोधन ग¥यो न त यातायात क्षेत्रलाई कुनै सुविधा दियो भनी सरकारको तिव्र आलोचना गरे ।
संघका अध्यक्ष अन्सारीले संघले पुरानो सबै ऋण चुक्ता गरी सकेको र अबको दिनमा सागरमाथा संघ नियमित र सुचारु ढङ्गले चल्ने दावी गर्नु भयो । संघको प्रयासले राजविराजमा २०७३ सालको जेठ महिना भित्रै सप्तरीमा यातायात व्यवस्था कार्यालयको सेवा केन्द्र खुल्ने जानकारी दिनु भयो ।
संघका सचिव दिनेश कुमार साहले संघको २ बर्षको काम समेटेर प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संघका कोषाध्यक्ष परमेश्वर प्रसाद रौनियारले ७० लाखको आय–व्यय प्रस्तुत गर्दै रु. १० लाख जति कोषमा सञ्चित रहेको बताउनु भयो । संघका सह–सचिव दिलिपकुमार साहले बन्द सत्रबाट बिधानका केही बुँदामा संशोधन गरिने समेत जानकारी दिनु भयो ।