• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

परिषद्को उदघाटन शहीद पत्नीले गर्ने सहमती, एमालेको विमती

परिषद्को उदघाटन शहीद पत्नीले गर्ने सहमती, एमालेको विमती

राजविराज ,२७ चैत्र । जिल्ला विकास समिति सप्तरीको २२ औं परिषद्को उद्घाटन गर्ने विषयमा उत्पन्न विवाद टुङ्गिएको छ ।
परिषद्को प्रमुख अतिथिको रुपमा मधेश आन्दोलनका प्रथम सहिद सप्तरीको भारदह–१ का राजिव राउतकी धर्मपत्नी निलम देवी राउत हुने निश्चित भएपछि दलहरु बीचको विवाद टुङ्गिएको हो । सत्तारुढ दलले यस अघि प्रमुख अतिथि बनाउने विषयमा असहमती जनाउँदैआएका थिए । चैत २९ गते हुनलागेको उक्त परिषद्मा मधेश आन्दोलनका शहीद रामकृष्ण राउत, बिरेन्द्र राम, नागेश्वर यादव, दिलिप साह, शिवशंकर दास, गुल्टेन दास र खुशीलाल यादव तथा जनआन्दोलनका शहीद दशन यादवका परिवारलाई विशेष अतिथि बनाई सम्मान गर्ने कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
मधेशी मोर्चाका सप्तरी संयोजक गजेन्द्र कुमार मण्डलद्वारा शनिबार जारि विज्ञप्तिमा जारी मधेश आन्दोलन ३ का पहिलो शहीद राजिव राउतकी पत्नीलाई प्रमुख अतिथि बनाउने विषयमा नेकपा एमालेले बिरोध गर्दागर्दै पनि अन्ततः बाँकी रहेका सम्पूर्ण दलले मोर्चाको प्रस्तावमाथी सहमति जनाएको उल्लेख छ । विज्ञप्तिमा प्रमुख अतिथि निलम देवी राउतलाई नै सर्वसम्मतिले सहमति जनाउने सम्पूर्ण दलहरुलाई मधेशी मोर्चा सप्तरीले धन्यवाद दिँदै परिषद् सफल बनाउन सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह समेत गरेको छ ।