राजविराज, २० चैत । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का महासचिव तथा पुर्व वातावरण मन्त्री ठाकुर शर्माले राजनितिमा अपराधिक मनोवृत्तिका व्यक्तिहरुको बोलवाला वढेकाले जनता आतंकित भएको वताएका छन् ।
चार दिनसम्म चलेको चौथो पोलिटब्यूरो बैठक एवम प्रथम प्रादेशिक भेला समापनका अवसरमा शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै शर्माले यस्तो वताएका हुन् । राजनितिमा वढेको अपराधिक प्रवृत्तिवाट वर्तमान सरकार पनि अछुतो नरहेको वताउँदै शर्माले मुलुकको स्थितीलाई यथावत राखी कालोवजारी, महंगी र भ्रष्टाचारमा स्वयम सरकार संलग्न रहेको आरोप समेत लगाए ।
उनले महंगी, कालोजारी र भ्रष्टाचारको अन्त्य गरी आम जनतालाई शान्ति सुरक्षा दिन माग समेत गरे । सरकार तथा प्रतिपक्षमा रहेका दुवैतर्फी दलको वेवास्ताका कारण मधेशको समस्या समाधान नभएको उनले आरोप लगाए । मधेशका समस्या राजनितिक सहमतिकै आधारमा समाधान गर्न सकिने आफनो पार्टीको आधिकारीक धारणा समेत सार्वजनिक गरेका उनले मधेशमा देखिएको वर्तमान सन्नाटालाई वेलैमा समाधानको वाटोमा नलाने हो भने स्थिती भयावह हुन सक्ने चेतावनी पनि दिए ।
‘मधेश आन्दोलनलाई राजनितिक सहमतिकै आधारमा समाधान गर्न सकिन्छ भन्ने हाम्रो पार्टीको धारणा छ, तर सरकार र प्रतिपक्षमा वसेका दलहरु जिम्मेवार नहुँदा समस्या समाधानको वाटो रोकिएको छु शर्माले भने–‘अहिलेको सन्नाटालाई वेवास्ता गरेर वस्ने हो भने अवको मधेश आन्दोलन हिंश्रक, अराजक र दिशाविहिन हुन्छ यसतर्फ रोक्नु आवश्यक छ ।’
मधेश आन्दोलनलाई राजनितिक हिसावले समाधानको वाटो नखोज्नु, सरकारले संघियता विरोधी राप्रपा नेपालका अध्यक्ष कमल थापाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गर्नु, नेपाली कांग्रेसको महाधिवेशनवाट खुमवहादुर खड्का अत्याधिक मत ल्याई निर्वाचित हुन लगायतका विषयलाई राजनितिक स्खलनको संज्ञा दिएका ठाकुरले संविधान कार्यान्वय सँगै मुलुकलाई स्थिर कार्यदिशा नदिने हो भने वाहिरी हस्तक्षेप वढ्ने खतरा समेत वढ्दै जाने चेतावनी दिए ।
चैत १७ देखि २० सम्म चलेको वैठकको ८ वुँदे निर्णय सार्वजनिक गर्दै उनले संविधान घोषणा भई सकेपछि राजनैतिक अन्योलता झन वढेको भन्दै सरकारमा रहेका दल र प्रतिपक्षमा रहेका दलहरु वहुमतको आडम्वरमा दमन, थिचोमिचो गरी अगाडि वढिरहेकोले द्वन्द्व पनि वढेको वताए ।
वैठकले पार्टीले मधेश लगायत देशका विभिन्न क्षेत्र, जाति, धर्म भाषा तथा लिंगको आधारमा गरिने विभेदको अन्त्य गर्नु पर्ने पार्टीको नीति स्पष्ट पार्दै हाल मधेश आन्दोलनमा उठेका जनसरोकारका जायज मागको समर्थन पनि गरेको छ । वाहिरी प्रचारका लागि एकतर्फि रुपमा संघियता विरोधी पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गर्नुले सरकार समस्याको समाधान गर्न ईच्छुक नदेखिएको निष्कर्ष सहित वार्ता टोली तत्काल भंग गरी सहमतिको आधारमा वार्ता टोली गठन गर्न वैठकले माग समेत गरेको छ ।
पार्टी अध्यक्ष गणेश साहको अध्यक्षतामा सम्पन्न वैठकले विगतमा जारी ६ महिने आन्दोलनका विषयमा केन्द्रित भएर विशेस छलफल गरेको पोलिटब्यूरो सदस्य मदनमोहन चौधरीले जानकारी दिएका छन् ।