सिरहा, १९ चैत्र । संयुक्त अरब इमिरेट्सको मधेशी समाज संस्थाले चैत्र १९ गते शुक्रबार सिरहाको विसनपुर कट्टीका अग्नी पीडितलाई राहत वितरण गरेको छ ।
मधेशी समाजले अग्नीपीडितको गाउँ नै पुगेर २६ जना अग्नीपिडीतलाई राहत वितरण गरेको हो । सिरहाको विसनपुर कट्टीमा फागुन ९ गते भीषण आगलागी भएको थियो । राज्यको तर्फबाट अहिलेसम्म सन्तोषजनक सहयोग नभएको अग्नीपीडितहरुको भनाइ छ ।
राहत विरण गर्न संयुक्त अरब इमिरेट्सको मधेशी समाजका संयोजक डा. रविन्द्र कुमार यादव नेपाल आएका छन् । डा यादवका साथै मैथिली र भोजपुरी सिने क्षेत्रका नायिका डोली सरकार तथा गायक देवेन्द्र साह सोनीले अग्नीपिडीतहरुलाई २६ हजार रुपैयाँ सहयोग गरे ।
मधेशी समाजले अग्नी पीडित, मधेश आन्दोलनका घाइते तथा सहिदलाई सहयोग पु¥याउने उद्देश्यका साथ नै संयुक्त अरब इमिरेट्सको अल इन भन्ने शहरमा च्यारिटी शो आयोजना गरिएको थियो । होलीको पूर्वसंध्यामा गरिएको त्यस कार्यक्रममा कलाकारद्वय सरकार र सोनीले नृत्य र गायन प्रदर्शन गरेका थिए । मधेशी समाजका संयोजक डा यादवले दुई÷तीन दिनभित्रै मधेश आन्दोलनका केही घाइते तथा सहिद परिवारलाई समेत राहत वितरण गरिने जानकारी दिए ।