• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विराटनगरमा सद्भावनाको केन्द्रीय समितिको बैठक

विराटनगरमा सद्भावनाको केन्द्रीय समितिको बैठक

राजविराज, १४ चैत्र । सद्भावना पार्टीले मधेश आन्दोलनको समिक्षा, महाधिवेशन लगायतका विषयमा छलफल गर्न विराटनगरमा सोमवारदेखि तीन दिने केन्द्रीय समितिको विस्तारीत बैठक गर्ने भएको छ ।
पार्टीको जिल्ला कार्यसमितिले आइतवार विराटनगरमा पत्रकार सम्मेलन गरेर केन्द्रीय समितिको विस्तारित बैठकबारे जानकारी दिएका हुन् । विभिन्न नौ वटा उपसमिति निर्माण गरेर तयारी पुरा गरेको जिल्ला अध्यक्ष चन्द्रप्रसाद राजबंशीले जानकारी दिए । बैठकमा सहभागि हुन पार्टी अध्यक्ष राजेन्द्र महतो आइतवारै विराटनगर आईपुगेका छन् । बैठकमा जिल्लाका प्रतिनिधी र जनवर्गिय संगठनका अध्यक्षहरु समेत गरी २ सय भन्दा बढी प्रतिनिधि विराटनगर आउने कार्यक्रम रहेको सदभावना पार्टीले जनाएको छ ।