राजविराज, १४ चैत्र । जनता माध्यमिक विद्यालय तोपाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राधेश्याम यादव निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न निर्वाचनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा यादवले ३ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिद्वन्दी ललित कुमार मण्डल २ सय ८३ मत प्राप्त गरेका छन् । विद्यालय व्यवस्थापन समितिको सदस्यमा समेत राधेश्यामकै प्यानल विजयी भएका छन् ।
व्यवस्थापन समितिको सदस्यमा गंगाराम मण्डल ३ सय ७५ मत र अनिल कुमार मण्डल ३ सय ७५ मत ल्याए विजयी भएका छन् । महिला सदस्यमा जसनी देवी सदाले २ सय १५ मत प्राप्त गरी विजयी भएकी छिन् । स्वतन्त्र उम्मेदवारको रुपमा अध्यक्षमा इन्द्रनारायण मण्डलले १२ मत प्राप्त गरेका छन् । कुल मतदाता संख्या ९ सय ८ मध्ये ७ सय ५० मत मात्र खसेको स्थानीय कपिलदेव मण्डलले जानकारी दिए ।